शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित 

images
शुक्रबार, पुस २९ २०७९
images
नबिल बैंकको ३० प्रतिशत लाभांश पारित 
images
images

काठमाडौं- नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो।

images
images
images

बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत सेयर लाभांश र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

images
images

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपश्चात बैंकको चुक्ता पुँजी २७ अर्ब नाघेको छ।

images
images

यस्तै साधरणसभाले संस्थापक सेयरधनी समूहतर्फका तीन पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस सकिबलाई सञ्चालक निर्वाचित गरेको छ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो।


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend