बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २९ २०७९
images
लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने

यो आयोजना २०७८ को पुषदेखि निर्माण सुरु भएको थियो।

images
images

काठमाडौं-  रुपन्देही जिल्लाको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म निर्माणाधीन लुम्बिनी केबलकार फागुनदेखि सञ्चालनमा आउने भएको छ।

images
images
images

शुक्रबार काठमाडौंमा आयोजित कम्पनीको १९औं वार्षिक साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले  केबलकार टावरहरुको सिभिल निर्माण कार्य लगभग सम्पन्न भइसकेको र आगामी फागुनदेखि सन्चालनमा आउने बताएका हुन्। 

images
images

'केबलकार टावरहरुको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ । टप स्टेशनमा मन्दिर एरियाको सिभिल निर्माण कार्य पनि द्रुत गतिमा अगाडी बढिरहेको कुरा जानकारी गराउन चाहन्छु' उनले भने। 

images
images

उनले केवलकारका सबै गोण्डोला लगायतका उपकरणको विदेशबाट आयत गर्ने कार्य सम्पन्न भइ ९ वटा टावरमध्ये ७ वटा टावरको जडान कार्य सम्पन्न भइसकेको र बाँकी २ वटा टावरको जडान कार्य पनि अन्तिम चरणमा पुगेको बताए। 

त्यस्तै टप स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य सम्पन्न भइसकेको छ भने बटम स्टेशनमा केवलकार उपकरणहरुको जडान कार्य अगाडी बढिरहेको  उनले बताए। 

साथै उनले सम्पूर्ण इलेक्ट्रोमेकानिकल कार्यहरुको निर्माण तथा जडान गर्ने कार्य द्रुतगतिमा अगाडि बढिरहेको समेत बताए। 

 


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०६:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend