बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

नारायणगढ- मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २९ २०७९
images
नारायणगढ- मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

images
images

चितवन- भोली शनिबार र आइतबार नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ। 

images
images
images

पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो।

images
images

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको छ।

images
images

सो आयोजना हेर्दै आएको नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का प्रमुख किरण कार्कीका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ। निर्माणाधीन पाँच पुलमध्ये तीन वटाको भित्तो काट्ने काम सकिएको छ।

उनका अनुसार सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको हो। चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ। तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ। देब्रेपट्टि दुवै पुलको ६५ प्रतिशत हाराहारी काटिएको छ।

यी पुलसँगै काम थालिएका नौ पुल बनिसकेका छन्। यसअघिनै सो सडकका पाँच  पुल बनिसकेका थिए। पाँच वटा पुल निर्माणाधीन रहेका छन्। रासस


प्रकाशित : शुक्रबार, पुस २९ २०७९०५:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend