बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

निक्षेपमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णयलाई सीएनआईद्वारा स्वागत

images
बिहीबार , पुस २८ २०७९
images
निक्षेपमा ब्याजदर घटाउने बैंकर्स संघको निर्णयलाई सीएनआईद्वारा स्वागत

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ। यसले आधार दर  र कर्जाको ब्याजदर पनि घटाउने बुझाई छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ। 

images
images

काठमाडौं-नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर घटेकोमा अर्थतन्त्रका लागि सकारात्मक भएको प्रतिक्रिया दिएको छ। संघले अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएसनको सहमती सकारात्मक रहेको बताएको छ। 

images
images
images

मागमा आएको संकुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेका छन्। यसले अर्थतन्त्रलाई नै संकुचित बनाइरहेको छ। नेपाल उद्योग परिसंघले निजी क्षेत्रको खस्किएको मनोबल उकास्न, अर्थतन्त्रलाई गति प्रदान गर्न ब्याजदर घटाउनुपर्नेमा जोड दिदै आएको छ। यो निर्णय चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सहयोगी हुने हाम्रो विश्वास छ। 

images
images

निक्षेपको ब्याजदर घटेसँगै लागत घट्ने छ। यसले आधार दर  र कर्जाको ब्याजदर पनि घटाउने बुझाई छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीहरुको खस्किएको मनोबल उकास्न सहयोगी हुने हाम्रो विश्वास छ। 

images
images

उद्योग परिसंघले हालै गरेको एक सर्वेक्षणमा करिब ७० प्रतिशत व्यवसायीले लगानी विस्तारको योजना स्थगन गरेको बताएका थिए। ब्याजदर घटेपछि लगानीकर्ताले आफ्नो लगानी विस्तारको योजनालाई फेरी अगाडि बढाउने र समग्र मागमा बृद्धि आउँने हुँदा अर्थतन्त्र चलायमान हुन जाने हाम्रो विश्वास छ। 
नेपाल राष्ट्र बैंकले गत साता मात्रै चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै गरेको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको थियो। 

साथै, मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत थप तरलता प्रवाह बढाउने, उद्योग क्षेत्रमा जाने कर्जामा आधार दरमा २ प्रतिशतभन्दा अधिक प्रिमियम जोड्न नपाउने गरी नीतिगत सुधार गर्न नेपाल राष्ट्र बैंकसमक्ष परिसंघले आग्रह गरेको छ। 


प्रकाशित : बिहीबार , पुस २८ २०७९१२:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend