शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एभरेष्ट बैंकको ऋणपत्र माघ ९ गतेसम्म बिक्रीमा रहने

images
बिहीबार , पुस २८ २०७९
images
एभरेष्ट बैंकको ऋणपत्र माघ ९ गतेसम्म बिक्रीमा रहने
images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि बिक्रीमा ल्याएको १० वर्षे अवधिको ऋणपत्र माघ ९ गतेसम्म बिक्रीमा रहने भएको छ। 

images
images
images

बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो। यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ।

images
images

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

images
images

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ। 

 


प्रकाशित : बिहीबार , पुस २८ २०७९०६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend