बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अर्थ मन्त्रालयले १५ प्रतिशत चालु खर्च कटौती गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २७ २०७९
images
अर्थ मन्त्रालयले १५ प्रतिशत चालु खर्च कटौती गर्ने 

अरु मन्त्रालय तथा निकायलाई चालु खर्च कटौतीका लागि ताकेता गर्नुपहिले पहिले अर्थभित्रै लागू गर्दा सजिलो हुने भएको अधिकारीहरूले बताएका छन्। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा घोषणा भए अनुसारको चालु खर्च कटौतीको व्यवस्था अर्थ मन्त्रालयले लागू गर्ने निर्णय भएको छ। 

images
images
images

बजेटमा चालु खर्च घटाउने तथा कटौती गर्ने घोषणा गरिएको छ। सोही अनुसार मन्त्रालयले आफ्नो मातहतको चालु बजेट १५ प्रतिशत कटौती गर्ने निर्णय गरेको हो। 

images
images

अरु मन्त्रालय तथा निकायलाई चालु खर्च कटौतीका लागि ताकेता गर्नुपहिले पहिले अर्थभित्रै लागू गर्दा सजिलो हुने भएको अधिकारीहरूले बताएका छन्। 

images
images

अर्थसचिव तोयम रायाले बजेटको व्यवस्था अनुसार मन्त्रालयको चालु खर्च १५ प्रतिशत घटाउने निर्णय भएको बताए। 

सार्वजनिक वित्त व्यवस्थापन चुनौतिपूर्ण भएको समयमा सकेसम्म फजुल खर्च नगर्ने, नयाँ सामान खरिद नगर्ने अर्थको नीति छ। विनियोजित बजेटबाटै कार्यक्रम हटाउनुपर्ने अवस्था आउने जोखिम भएको भन्दै बजेट बाहिरको कुनै पनि स्वीकृति नदिने नीति मन्त्रालयले लिएको छ। 

लक्ष्य अनुसारको राजस्व संकलन नभएको तथा तरलता अभावकै बीचमा धेरै आन्तरिक ऋण उठाउँदा पनि जोखिम हुने अवस्था छ। यस्तोमा सबै सकरी निकायको चालु खर्च कटौती गर्नुपर्ने गरि छलफल भएको छ। 


प्रकाशित : बुधबार, पुस २७ २०७९११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend