बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विकासका अधुरा परियोजनालाई अगाडि बढाउने मेरो प्राथमिकता हो : प्रधानमन्त्री प्रचण्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २७ २०७९
images
विकासका अधुरा परियोजनालाई अगाडि बढाउने मेरो प्राथमिकता हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्रीले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। 

images
images

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। 

images
images
images

गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताए। प्रधानमन्त्री प्रचण्डले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको समेत उल्लेख गरे। 

images
images

प्रधानमन्त्री प्रचण्डले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन्। उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए।

images
images

प्रधानमन्त्रीले राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। 

'विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ', उनले भने, 'ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु।'

प्रधानमन्त्री प्रचण्डले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताए। 'निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ', प्रधानमन्त्री प्रचण्डले भने, 'गोरखाको जिल्लाको जनप्रतिनिधिका रुपमा निर्वाचित भएर झन्डै राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न पाउँदा मलाई गर्व पनि छ।'

उनले गोरखा जिल्लाका जनताले आफूलाई निर्वाचित गराएर सबै नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त भएको भन्दै गोरखाका मतदाताहरुलाई धन्यवादसमेत दिए। रासस


प्रकाशित : बुधबार, पुस २७ २०७९०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend