शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लाभांश पारित गरेर मर्जरमा जाने ढोका खोल्दै सकियो एसबीआई बैंकको साधारणसभा

images
सोमबार, पुस २५ २०७९
images
लाभांश पारित गरेर मर्जरमा जाने ढोका खोल्दै सकियो एसबीआई बैंकको साधारणसभा
images
images

काठमाडौं- नेपाल एसबीआई बैंकको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले बैंकका सेयरधनीहरूलाई चुक्ता पुँजीमा १०.५३ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ३ प्रतिशत सेयर लाभांश र ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

images
images
images

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने-गाभिने-मर्जर वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने-गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न र गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्तावसमेत पारित गरेको छ।

images
images


प्रकाशित : सोमबार, पुस २५ २०७९१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend