शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

युवा सेफ प्रतियोगिता सम्पन्न 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस २५ २०७९
युवा सेफ प्रतियोगिता सम्पन्न 

मास्टरसेफ सन्तोष शाह, सेफ जितेन प्रधान र सेफ दिनेश हुमागाईँ सम्मिलित विशिष्ट व्यक्तिको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुको  पाक कला र दक्षता को मूल्यांकन गरेका थिए। 

काठमाडौ- प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले युवा सेफ तथा कन्टेन्ट राइटिङ प्रयोगताको सफल आयोजना गरेको छ। 

पाटा नेपालले शुक्रबार रविभवनस्थित नाथम कलेजमा उक्त प्रतियोगिता आयोजना गरेको छ। 

मास्टरसेफ सन्तोष शाह, सेफ जितेन प्रधान र सेफ दिनेश हुमागाईँ सम्मिलित विशिष्ट व्यक्तिको निर्णायक मण्डलले सहभागी विद्यार्थीहरुको  पाक कला र दक्षता को मूल्यांकन गरेका थिए। 

pata1.png

पाटा नेपाल च्याप्टरमा आबद्ध पाँच प्रमुख होटल व्यवस्थापन सदस्य शैक्षिक संस्थाहरु–आईएसटी, गेट, जीसीआई, प्रिमियर होटेल स्कुल र नाथमको प्रतिनिधित्व गर्दै भविष्यमा नेपाली सेफ बन्न चाहने उत्कृष्ट १० विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए। 

उनीहरूले नेपालको विविध संस्कृति र क्षेत्रहरूबाट केही स्वादिष्ट एवम मौलिक नेपाली व्यञ्जनहरूलाई व्यावसायिक पाक कला र नयाँ रचनात्मक शैलीका साथ प्रस्तुतीकरण गरेका थिए। 

pata23.png 
उक्त प्रतियोगितामा  ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट) मा अध्यनरत  श्रवण राई र रेश्मा श्रेष्ठले उपाधि हात पारेका थिए।

त्यसैगरी, नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट–नाथम प्रतिनिधित्व गर्दै प्रसुन कुमार र  बिजेन बिडारी  प्रथम उपविजेता र प्रिमियर होटल स्कूल–पीएचएस प्रतिनिधित्व गर्दै राहुल धमला र सुश्री श्रेया कान्डङवा द्वितीय उपविजेता घोषित भएका थिए। प्रतियोगितापछि मास्टरसेफ सन्तोष शाह र शेफ जितेन प्रधानले सहभागी विद्यार्थीहरूको लागि संक्षिप्त 'मेंटरसिप सेशन' समेत सञ्चालन गरेका थिए।

त्यसैगरी, सोही दिन आयोजना गरिएको कन्टेन्ट राईटिंग प्रतियोगितामा नाथम कलेजकी छात्रा आश्मा कुमारी थापा प्रथम बनेकी छिन भने ग्लोबल कलेज ईन्टरनेशनल की छात्रा आश्मा आलेमगरले द्वितीय  तथा मिडभ्याली ईन्टरनेशनल कलेज का छात्र मुकुल सुबेदीले तृतीय स्थान हासिल गरेका थिए। 

pata2.png

 


प्रकाशित : सोमबार, पुस २५ २०७९१२:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend