शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पाँचवर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने सरकारको महत्वकांक्षी लक्ष्य

images
सोमबार, पुस २५ २०७९
images
पाँचवर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने सरकारको महत्वकांक्षी लक्ष्य
images
images

काठमाडौं- सरकारले पाँच वर्षभित्र आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने महत्वकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै आगामी ५ वर्ष आर्थिक वृद्धिदर दुई अंक नजिक पुर्‍याउने लक्ष्य सार्वजनिक गरेका हुन्। 

images
images
images

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन्।

images
images

गतवर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ रहेको परिस्थितिबीच पाँच वर्षमा दोहोरो अंकमा पुर्‍याउने महत्वकांक्षी लक्ष्य सरकारले लिएको हो। 

images
images

नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा रहेको तरलता संकुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलगायत समस्यालाई तत्काल गतिशील बनाउने घोषणासमेत अर्थमन्त्री पौडेलले गरेका छन्।  

वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने साझा न्यूनतम कार्यक्रममा उल्लेख छ। 

राजस्व प्रशासनलाई थप चुस्त, दुरुस्त तथा करदातामैत्री बनाउने, कर छली, आयातमा न्युनबिजकीकरण, चोरी पैठारी, तस्करी तथा हुण्डी कारोबारजस्ता गतिविधिको अन्त्य गर्ने मन्त्री पौडेलले बताए। कर प्रणालीलाई थप प्रगतिशील तथा व्यवसायमैत्री बनाउने, करका दरहरू हेरफेर गर्दा व्यवसायिक तटस्थता कायम गर्नेसमेत मन्त्री पौडेले बताए। 

आर्थिक स्थायित्व कायम गर्न औद्योगिक नीति, सरकारी वित्त नीति, राजस्व नीति र मौद्रिक नीतिबीच तादत्म्यता कायम गर्ने समेत घोषणा गरिएको छ। सरकार, निजी क्षेत्र, सहकारी तथा सामुदायिक क्षेत्रको सहभागितामा द्रुत विकासको वातावरण सिर्जना गरिनेसमेत अर्थमन्त्री पौडेलले बताए।  

प्रदेश तथा संघको कार्यक्षेत्रमा दोहोरो भूमिका भएका अनावश्यक संरचनाहरू खारेज गर्ने, पूर्वाधारको क्षेत्रमा सञ्चालित अधुरा आयोजना कार्यान्वयनमा तीव्रता दिने पनि कार्यक्रममा उल्लेख छ। विनिमय दर जोखिम व्यवस्थापन गर्न भरपर्दो हेजिङ्ग सेवाको सुरुवात गर्नेसमेत घोषणा गरिएको छ। 


प्रकाशित : सोमबार, पुस २५ २०७९११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend