बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

‘फुड ट्रक’बाट मनग्य आम्दानी

images
आइतबार, पुस २४ २०७९
images
‘फुड ट्रक’बाट मनग्य आम्दानी

त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो। २०७५ मा दुवै  स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे। 

images
images

टंकीसिनवारी- मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी  फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेकी छिन्। कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जंगबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि  ग्रान्डाले प्रोत्साहित गरिन्। ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन्।

images
images
images

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन्। फुड ट्रक भनेको चार चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो। विराटनगर-४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन्। विराटनगरमा यो एकमात्र फुड ट्रक हो। फुड ट्रकबाट दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ।

images
images

विसं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए। त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो। २०७५ मा दुवै  स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे। 

images
images

विसं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्‍यो। लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले। तर ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखे र आफ्ना श्रीमान्लाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरे।  

चार चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो। क्याटेरिङमा काम गरेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो। ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किनेका र होटलको आकार दिए। यसमा उनको २२ लाख रुपयाँ खर्च भयो। गाडीवाला होटलले हाल दैनिक २० हजार रुपयाँसम्मको कारोबार गर्ने गरेको छ। शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन्।

उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाइन्। तीन महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन्। 

विराटनगर-४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए। उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दंग हुने गरेको बताए। विराटनगर-२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरे।

उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताए।  जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेको श्रेष्ठले बताए। रासस


प्रकाशित : आइतबार, पुस २४ २०७९०५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend