बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

हुलाकी राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधियो  

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २४ २०७९
images
हुलाकी राजमार्गमा काम नगर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधियो  

सम्झौता अनुसारको काम नगर्ने चार निर्माण व्यवसायीलाई हुलाकी राजमार्ग निर्देशनालयले तीन दिने स्पष्टीकरण सोधेको छ। 

images
images

काठमाडौं- विभिन्न खण्ड निर्माणको जिम्मा लिएर सम्झौता अनुसारको काम नगर्ने चार निर्माण व्यवसायीलाई हुलाकी राजमार्ग निर्देशनालयले तीन दिने स्पष्टीकरण सोधेको छ। 

images
images
images

आयोजना अन्तर्गत चीतवनको ठोरी-माडी सडक चितवन अन्तर्गतको घाँघर खोला पुल निर्माणको जिम्मा लिएर संसोधित समयमा पनि काम नगरेको सपना/लोहनी जेभी काठमाडौंलाई ३ दिने स्पष्टटीकरण सोधिएको छ। सोही सडक खण्डको पतरी खोला पुल निर्माणको जिम्मा लिएको लोहनी एण्ड ब्रदर्श चितवनलाई पनि स्पष्टीकरण सोधिएको छ। 

images
images

बाराको मनमात-कलैया-मत्रैया सडकको स्तरोन्नतिको जिम्मा लिएको सप्तकवशी जलाधार-ओमसाई एण्ड कम्पनी जेभी काठमाडौं, बारा पर्सा अन्तर्गत हुलाकी राजमार्गका पुलको मर्मत गर्ने जिम्मा पाएको आरएनसी कन्स्ट्रक्सन बारालाई पनि स्पष्टीकरण सोधिएको छ। 

images
images

सुरुवाति सम्झौता गुज्रिएर थपिएको समयमा पनि काम नगरेका यी कम्पनीले तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा सम्झौता रद्ध गरी कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्नेछ। 

 


प्रकाशित : आइतबार, पुस २४ २०७९०४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend