शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

कृषि औजारको प्रयोगले किसानलाई सहज

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज ३० २०७८
images
कृषि औजारको प्रयोगले किसानलाई सहज

मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन् । 

images
images

दमक- जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ । 

images
images
images

मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजारको प्रयोग गरेर खेती हुन थालेपछि यहाँका किसान आत्मनिर्भर हुन थालेका छन् । 

images
images

'पहिले पहिले परम्परागत तरिकाले खेती गर्थ्यौं, त्यसले जनशक्ति र लागत बढी लागेपनि उत्पादन कम हुन्थ्यो', दमक– १० का किसान यादवकुमार न्यौपानेले भने 'अहिले साना कृषि औजारको प्रयोगले खेती गर्दैछौँ । यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ।'

images
images

साना कृषि औजारको प्रयोगमा वृद्धि भएसँगै कृषि कर्म पनि सहज हुँदै गएको उनको भनाइ छ ।

थोरै लगानी गरेर यस्ता उपकरणको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको बताउँदै उनले विगत तीन वर्षयता सानो हाते ट्र्याक्टर  (पावर टिलर) को माध्यमले धान काट्दै आएको जानकारी दिए। 

तीन वर्षअघि  दुई लाख रुपैयाँ खर्चिएर खरिद गरेको धान काट्ने औजारले कृषि कार्यको दैनिकीलाई निकै सहज गरिदिएको उनको भनाए छ । 

'कृषि औजारको प्रयोगले अहिले आफ्नो मात्र नभएर व्यावसायिक रुपमा छिमेकीका धेरै किसानलाई पनि धान काट्न सहज बनाइदिएको छ' उनले भने।

उनका अनुसार मिलेका खेतमा यो औजारको प्रयोग गरेर एक घण्टामा कम्तीमा पनि पाँच कट्ठासम्म धान काट्न सकिनेछ । धान काट्न लगायतका कृषि कर्ममा चाहिने जनशक्ति अभाव भइरहेको बेला यस्ता उपकरणले कृषि कर्ममा नै ठूलो सहयोग पुगेको उनको भनाइ छ ।

कृषि मजदुरको अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका किसानका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको दमक– १० का अर्का किसान रमेशकुमार न्यौपानेले बताए। 

साना कृषि औजारको प्रयोगले कृषि क्षेत्रमा केही सहजता ल्याइदिएको भए पनि सरकारको झन्झटिलो कृषि नीतिका कारण यस्ता कृषि औजारको खरिद तथा प्रयोगमा केही जटिलता रहेको विगत लामो समयदेखि ट्र्याक्टरको प्रयोगबाट खेती किसानी गर्दै आएका सोही वडाका अगुवा किसान कुवेर न्यौपानेको गुनासो छ । कृषि क्षेत्रमा कृषि औजारको प्रयोगले कृषि कर्ममा सहजता ल्याइदिएको भए पनि औजारमा प्रयोग हुने इन्धन तथा पाटपुर्जा खरिदमा निकै महँगो मूल्य तिर्नुपर्ने बाध्यताका कारण किसानका लागि यन्त्रको प्रयोग पनि निकै महँगो हुँदै गएको उनको भनाइ छ । 

 


प्रकाशित : शनिबार, असोज ३० २०७८०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend