बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

images
शुक्रबार, पुस २२ २०७९
images
चन्द्रागिरि हिल्सको अध्यक्षमा हेमराज ढकाल

ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन्। 

images
images

काठमाडौं- चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्षमा हेमराज ढकाल निर्विरोध भएका छन्। 

images
images
images

कम्पनीको १३ औं वार्षिक साधारण सभाले ढकाललाई अध्यक्षमा चयन गरेको हो। त्यस्तै सञ्चालक समिति सदस्यमा उत्तम कुमार नेपाल, कल्याण गुरुङ, दिलिप शेखर श्रेष्ठ चयन भएका छन्। 

images
images

ढकाल चन्द्रागिरि हिल्सका संस्थापक अध्यक्षसमेत हुन्। 

images
images

लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरि हिल्सको परिकल्पना गरेका थिए। 

चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँच तारे लक्जरी रिसोर्ट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।


प्रकाशित : शुक्रबार, पुस २२ २०७९११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend