बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने (यस्तो छ मन्त्रिपरिषद्‍को अरु निर्णय)

images
शुक्रबार, पुस २२ २०७९
images
पोखरा विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने (यस्तो छ मन्त्रिपरिषद्‍को अरु निर्णय)

अर्थ मन्त्रालयको प्रस्तावमा पोखरामा भन्सार कार्यालय स्थापना गर्ने र आवश्यक जनशक्ति व्यवस्थापनको लागि संगठन तथा ब्यवस्थापन सर्वे गर्ने निर्णय भएको छ।

images
images

काठमाडौं- सरकारले पोखरामा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिने जानकारी दिए। 

images
images
images

अर्थ मन्त्रालयको प्रस्तावमा पोखरामा भन्सार कार्यालय स्थापना गर्ने र आवश्यक जनशक्ति व्यवस्थापनको लागि संगठन तथा ब्यवस्थापन सर्वे गर्ने निर्णय भएको छ।

images
images

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईको राजीनामापछि उनको स्थानमा निर्वाचन गर्ने निर्णय गरेको छ। उक्त निर्वाचन २०७९ माघ २५ गते हुनेछ।

images
images

यस्तै कम्बोडियामा आगलागीमा परेका निराकर पाण्डेलाई नेपाल ल्याउन आर्थिक सहयोग गर्ने निर्णय पनि भएको मन्त्री पौडेलले बताए।

२०७९ निर्वाचनका समयमा ज्यान गुमाएका सन्दीप ऐरी र चेतन ऐरीको परिवारलाई १० लाखको दरमा सहयोग गर्ने निर्णय पनि मन्त्रिपरिषद्‍ले गरेको छ।

 


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend