बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि २०४ प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २२ २०७९
images
काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि २०४ प्रस्ताव

आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ।  

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन्। ४ करोड ४५ लाख रुपैयाँ बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो। 

images
images
images

उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिए।

images
images

महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो। यो कार्यक्रमका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। एक करोड रुपैयाँ विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन्।

images
images

यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ।

आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवर्द्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस २२ २०७९०४:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend