बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौं प्रशासनका १० सेवामा अबदेखि ‘टाइम कार्ड’; एकघण्टामा नागरिकता, आधिघण्टामा राष्ट्रिय परिचयपत्र

images
बिहीबार , पुस २१ २०७९
images
काठमाडौं प्रशासनका १० सेवामा अबदेखि ‘टाइम कार्ड’; एकघण्टामा नागरिकता, आधिघण्टामा राष्ट्रिय परिचयपत्र

७५ वर्षमाथिका वृद्धवृद्धालाई प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको जनाएको छ।

images
images

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले आफूहरूले दिने विभिन्न १० वटा सेवामा ‘टाइम कार्ड’ लागु गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बिहीबारबाट दैनिक प्रवाह हुने १० वटा सेवामा निश्चित समय तोकेर सेवा दिने व्यवस्था मिलाएका हुन् ।

images
images
images

जसमा एकघण्टामा नागरिकता दिनेदेखि आधिघण्टामा राष्ट्रिय परिचयपत्र दिनेसम्मको तयारी गरिएको बताइएको छ। अबदेखि तोकिएका कागजात पूरा गरेर आएका सेवाग्राहीले तोकिएको समयभित्र नै सेवा लिन पाउनेछन्।

images
images

यस्तै संस्था नवीकरण ३० मिनेटभित्र, नेपाली नागरिकता प्रमाणपत्र र नाबालक परिचयपत्र १ घण्टाभित्र, राष्ट्रिय परिचयपत्र कार्ड वितरण ३० मिनेट, राहदानी वितरण १५ मिनेटभित्र, जिल्ला प्रशासनबाट हुने सिफारिसपत्र १ घण्टा, मुद्दाको पेशी र तारेख ३० मिनेट र मुद्दाको फैसला ६० दिन भित्र हुने गरी सेवा प्रवाहमा टाइम कार्ड लगाइएको छ।

images
images

त्यस्तै शुक्रबारबाहेक कार्यालय खुल्ने समय ५ दिन दिउँसो ३ बजेदेखि ४ बजेसम्म प्रजिअले गुनासो सुन्ने व्यवस्था पनि मिलाइएको छ। प्रशासनले ६५ वर्ष उमेर नाघेका, अशक्त, बच्चा बोकेका महिलालाई लाइनमा नबसी सेवा पाउने प्रबन्ध पनि सुरु गरेको छ।

त्यस्तै ७५ वर्षमाथिका वृद्धवृद्धालाई प्रशासनले सहयोगी नै खटाएर सेवा प्रदान गर्ने व्यवस्था पनि सुरु गरेको जनाएको छ।

कुन काम कति समयमा?

time card.jpg


प्रकाशित : बिहीबार , पुस २१ २०७९१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend