शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

पछिल्लो महिनाका सबै रेकर्ड तोड्दै उचाइतर्फ सेयर बजार

विश्लेषक भन्छन्- अब उच्च बिन्दुमा जाने आधार देखियो

images
बिहीबार , पुस २१ २०७९
images
पछिल्लो महिनाका सबै रेकर्ड तोड्दै उचाइतर्फ सेयर बजार
images
images

काठमाडौं- नयाँ सरकार बनेसँगै सेयर बजारमा लगातार उच्च अंकको वृद्धि देखिएको छ। लगातार सेयर बजार बढेसँगै सेयर विश्लेषकहरूले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन्। 

images
images
images

नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको बजारमा लगातार वृद्धि देखिएको हो। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा उछाल आइरहेको छ। 

images
images

गएको साता चारदिनकै कारोबारमा समग्रमा १६१.१८ अंकले बढेको सेयर बजारमा यो साता पनि लगातारजसो वृद्धि देखिएको छ। आइतबार १७.२६ अंकले बढेको बजार सोमबार पनि १७.५६ अंकले बढेको थियो। मंगलबार ३.०३ अंकको करेक्सन देखिएको बजार बुधबार पनि व्यापक रुपमा बढेको थियो।

images
images

बुधबार ६४.८७ अंकको वृद्धिसँगै बजार २१२५.९४ बिन्दुमा पुगेको थियो। साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ। समग्रमा यो साता ११४ अंकभन्दा बढीले वृद्धि भएको छ। 

बिहीबार १७.९२ अंकले बढेर बजार २१४३.७६ बिन्दुमा पुगेको छ। १४७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ।

पछिल्लो सयम १८०० को बिन्दुमा पुगेको बजार अहिले २१०० बाट पनि उकालो लागेर अगाडि बढेको छ। अघिल्लो महिनासम्म कारोबार पनि १ अर्बसमेत पुग्न छाडेको थियो। तर बिहीबार मात्रै पाँच अर्बभन्दा बढीको कारोबार भएको छ। कारोबार रकम लगातार बढ्दो ट्रेण्डमा देखिएको छ। पछिल्लो समय महिनौपछिका सबै रेकर्डहरू तोडिएका छन्। 

सेयर बजारमा विश्लेषक छोटेलाल रौनियार बजार आर्थिक सूचकमा सुधार देखिएको बजार बढिरहने अनुमान गर्छन्। ‘कहिलेकाहिँ करेक्सन होला, तर बजार अब विगतमा झैँ लगातार घट्ने छैन,’ रौनियारले भने। विगतको ३१९९ बिन्दु्को रेकर्ड पनि आउनेवर्षमा तोडिन सक्ने समेत उनको भनाइ छ। अहिले नै नतोडिएला तर बजार अझै धेरै समय बढ्ने सूचकहरूले देखाएको रौनियार बताउँछन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने बताएका छन्। वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अघि बढ्ने बताइरहेका छन्। 

बुधबार मध्यान्हमात्रै प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग अर्थतन्त्र सुधारका विषयमा कुराकानी गरेका थिए। उनले अर्थतन्त्र सुधारका लागि काम गर्न आवश्यक निर्देशन र सुझावहरू दिएका छन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने विश्लेषकहरूको भनाइ छ। सरकारी साथ मिल्दै जाने देखिएकाले अबको बाटो पुनः उच्च अंकतर्फ लाग्नसक्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , पुस २१ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend