शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सेयर बजारमा देखियो व्यापक वृद्धि, अर्थतन्त्र सुधारमा सरकारी प्रयासको प्रभाव हो?

images
बुधबार, पुस २० २०७९
images
सेयर बजारमा देखियो व्यापक वृद्धि, अर्थतन्त्र सुधारमा सरकारी प्रयासको प्रभाव हो?
images
images

काठमाडौं- सेयर बजारमा लगातार सुधार देखिँदै गएको छ। नयाँ सरकार गठन भएसँगै विश्वासको वातावरण देखिएको बजारमा लगातार वृद्धि देखिएको हो। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा उछाल आइरहेको छ। 

images
images
images

गएको साता चारदिनकै कारोबारमा समग्रमा १६१.१८ अंकले बढेको सेयर बजारमा यो साता पनि लगातारजसो वृद्धि देखिएको छ। आइतबार १७.२६ अंकले बढेको बजार सोमबार पनि १७.५६ अंकले बढेको थियो। मंगलबार  ३.०३ अंकको करेक्सन देखिएको बजार बुधबार पनि व्यापक रुपमा बढेको छ।

images
images

बुधबार ६४.८७ अंकको वृद्धिसँगै बजार २१२५.९४ बिन्दुमा पुगेको छ। २०७ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने बताएका छन्। वित्तीय र मौद्रिक नीतिको सामाञ्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखापरेका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलाई सम्बोधन गरी अघि बढ्ने बताइरहेका छन्। 

बुधबार मध्यान्हमात्रै प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग अर्थतन्त्र सुधारका विषयमा कुराकानी गरेका थिए। उनले अर्थतन्त्र सुधारका लागि काम गर्न आवश्यक निर्देशन र सुझावहरू दिएका छन्। 

नयाँ सरकार आएसँगै गएको सातादेखि नै बजार सुधारतर्फ देखिन्छ। पुँजी बजारमा देखिएको गिरावटलाई सम्बोधन गर्नेगरी काम गर्ने सरकारी घोषणासँगै लगानीकर्ताहरू विश्वस्त देखिँदा सेयर बजारमा सुधार देखिएको विश्लेषकहरू बताउँछन्। 

अहिलेको अवस्थामा अब सरकारले लिने नीतिपछि मात्रै विश्वासयोग्य सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। सरकारी साथ मिल्दै जाने देखिएकाले अबको बाटो पुन: उच्च अंकतर्फ लाग्नसक्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, पुस २० २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend