शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

हिमालयन डिष्टिलरीको सेयर मूल्यमा उछाल, एक महिनामै सेयर भ्यालु प्रतिकित्ता १२ सयले बढ्यो

images
बुधबार, पुस २० २०७९
images
हिमालयन डिष्टिलरीको सेयर मूल्यमा उछाल, एक महिनामै सेयर भ्यालु प्रतिकित्ता १२ सयले बढ्यो
images
images

काठमाडौं-पछिल्लो दुई वर्षकै थोरै लाभांश दिएपनि हिमालयन डिष्टिलरीको सेयर खरिदमा लगानीकर्ता आकर्षित भइरहेका छन्। बुधवार बुक क्लोज भएकोले लगानीकर्ताहरु लाभांश बुक गर्नका लागि सेयर खरिदमा झुम्मिदा सेयर मूल्य बढेको हो। खासगरी सस्तो मूल्यमा आएका कारण पनि लगानीकर्ताहरु लाभांश बुक गर्नका लागि लगातार सेयर खरिद गरिरहेका छन्। 

images
images
images

कम्पनीले सेयरधनीलाई गत वर्षकोभन्दा ३० प्रतिशत न्यून लाभांश दिने घोषणा गरेको छ। लगातार दुई वर्ष १०० प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष ७० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो।

images
images
hdl.JPG

उक्त लाभांशमध्ये कम्पनीले लगानीकर्तालाई चुक्ता पुँजीको ६० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश वितरण गर्ने छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। सेयर लगानीकर्ताले एकवर्षमै ३ हजार ११० रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। 

images
images

गत वर्ष ७५ प्रतिशत सेयर लाभांश तथा २५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सस्तो मूल्यै आएकोले लगानीकर्तालाई भने फाइदा हुने देखिन्छ। कम्पनीको सेयर मूल्य पछिल्लो एक वर्षमा ४२ प्रतिशतले घटेको छ।

गत वर्ष ७१९५ रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य अहिले ४ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेको छ। कम्पनीको एक महिना आगाडि २८ सय रुपैयाँमा सेयर मूल्य पुगेको थियो। अहिले १२ सय रुपैयाँ प्रतिकित्ता बढीसकेको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने बुक भ्यालु २०१ रुपैयाँ रहेको छ। पीई रेसियो ६९ गुणा रहेको छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले २२औँ साधारणसभा पुस २७ गते बोलाएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुधबार बुक क्लोज मिति तोकेको छ। 


प्रकाशित : बुधबार, पुस २० २०७९०२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend