बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा

images
मंगलबार, पुस १९ २०७९
images
सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ। बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो। 

images
images

काठमाडौं- नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ। सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। 

images
images
images

केन्द्रका सूचना अधिकारी (सिनियर डिभिजनल इञ्जिनियर) सौरभ बज्राचार्यले गत साता डिजाइन बुझाइएको र अहिले समीक्षा (रिभ्यू)को काम भइरहेको बताए। 'हामीसँग रिभ्यूका लागि ४५ दिनको समय छ, सो अवधिभित्र स्वीकृति दिनुपर्छ' उनले भने।

images
images

निर्माण कम्पनीले तयार गरेको डिजाइन केन्द्रले भने अनुसार नभए हेरफेर हुने सूचना अधिकारी बज्राचार्यले बताए।  केन्द्रले आवश्यक भनेका कुरा समेटिएको भएमा भने स्वीकृत हुने उनको भनाइ छ। 

images
images

केन्द्रका अनुसार निर्माण व्यवसायी र विदेशी इन्डिपेन्डेन्ट चेकर (स्वतन्त्र जाँच गर्ने व्यक्ति)सँग यसमा छलफल हुनेछ। आगामी साता कम्पनीसँग परामर्श बैठक हुने र केही परिवर्तन गर्नु नपरे डिजाइनअनुसार निर्माण अघि बढ्ने उनको भनाइ छ। 

योजना निर्माणको जिम्मेवारी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ। सोही कम्पनीले अहिले नारायणगढ-बुटवल सडकखण्डमा काम गरिरहेको छ। गतवर्ष भएको ठेक्काको निर्माण अवधि चार वर्षको हुनेछ। जसमा पहिलो वर्ष डिजाइनमा र बाँकी तीन वर्ष निर्माणमा खर्च हुनेछ। 

निर्धारित समयभन्दा अघि नै डिजाइन सकाइएको छ। सुरुङ निर्माणका लागि वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रक्रियामा छ। पहिलेको सडक क्षेत्रमा नै योजना बन्ने हुँदा वन क्षेत्र धेरै नपर्ने उनले बताए।  सडक सीमाभित्रै काम गरिने र धेरै रुख काट्नुपर्ने नभएकाले निर्माणको क्रममा धेरै समस्या नआउने अनुमान गरिएको छ। 

निर्माण कम्पनीले सुरुमा सुरुङको मुखबाट काम सुरु गर्ने गरी कार्ययोजना बनाउने छ। निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ। बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो। 

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ। सुरुङ दुई लेनको हुनेछ। यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ। ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन्।

सुरुङको लम्बाइ एक हजार दुई सय मिटर मिटरको हुनेछ। सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ।

सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस


प्रकाशित : मंगलबार, पुस १९ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend