बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सबै ठिकठाक रहेको सचिवहरूको रिपोर्टिङमा प्रधानमन्त्रीको प्रश्‍न 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १९ २०७९
images
सबै ठिकठाक रहेको सचिवहरूको रिपोर्टिङमा प्रधानमन्त्रीको प्रश्‍न 
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

'अब पनि अवस्था यस्तै रहन हुँदैन। कसैले पनि जिम्मेवारी र कामबाट पन्छिन मिल्दैन' उनले भनेका छन्। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरूले गरेको रिपोर्टिङमा प्रश्न उठाएका छन्। पछिल्ला दुई दिनमा सचिवहरूको रिपोर्टिङ सुनेर आज ३० बुँदे निर्देशन दिने क्रममा उनले सचिवहरूको रिपोर्टिङमा प्रश्न उठाएका छन्। 

images
images
images

सचिवहरूले रिपोर्टिङ गर्नेक्रकममा देशमा सबै ठिकठाक रहेको रिपोर्टिङ गरेका थिए। सेवा प्रवाहदेखि अर्थतन्त्रसम्म सबै ठिकै रहेको रिपोर्टिङ सुनेपछि उनले प्रश्न उठाएका हुन्। 

images
images

'ठ्याक्कै तपाईहरुले भने जस्तो सामान्य अवस्था रहेको भए त राम्रो हो । तर यथार्थ त्योभन्दा फरक छ भन्ने मैले बुझेको छु । तपाईहरुसँग उपलव्ध तथ्यांकहरु राम्ररी केलाउनुभयो र आम नागरिकका गुनासाहरुलाई विश्लेषण गर्नुभयो भने तपाईहरु पनि यथार्थको नजिक पुग्न सक्नुहुन्छ । त्यसैले समस्या नै राम्ररी पहिचान गर्न आग्रह गर्दछु' प्रधानमन्त्री प्रचण्डले निर्देशनमा उल्लेख गरेका छन्। 

images
images

नागरिकले राज्यलाई कर तिर्दा नै झन्झटबाट गुज्रिनुपर्ने अवस्था कायमै रहेको, नागरिक परिचयपत्रदेखि पासपोर्टसम्म लिँदा नागरिकले सास्ती पाएको दुनियाँले देखेको प्रचण्डले भनेका छन्। अवस्था सबै छर्लंग भएपनि अवस्था सबै ठिकठाक भएको भन्ने रिपोर्टिङमा नलागी समस्याको पहिचान गरी समाधानका लागि काम गर्न निर्देशन दिएका छन्। 

'अब पनि अवस्था यस्तै रहन हुँदैन। कसैले पनि जिम्मेवारी र कामबाट पन्छिन मिल्दैन' उनले भनेका छन्। 


प्रकाशित : मंगलबार, पुस १९ २०७९०८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend