शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

जीडीपीमा मधेश प्रदेशको हिस्सा १३.३ प्रतिशत हुँदा कृषितर्फ २४.५ प्रतिशत

images
सोमबार, पुस १८ २०७९
images
जीडीपीमा मधेश प्रदेशको हिस्सा १३.३ प्रतिशत हुँदा कृषितर्फ २४.५ प्रतिशत
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादनमा १३.३ प्रतिशत हिस्सा मधेश प्रदेशको रहेको छ। कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड पुग्ने अनुमान रहेको छ।

images
images
images

गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४.१ प्रतिशत तथा मधेश प्रदेश को हिस्सा १३.३ प्रतिशत रहेको अनुमान छ। गण्डकी प्रदेशको ८.९ प्रतिशत, लुम्बिनी १४.१ प्रतिशत रहेको छ। प्रदेश नम्बर १ मा १५.७ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ७ प्रतिशत रहेको छ। 

images
images

मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २४.५ प्रतिशत, १३.७ प्रतिशत र ६१.८ प्रतिशत रहने अनुमान छ।

images
images
magesh 123.JPG

केन्द्रीय तथ्याङ्क बिभागको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने अनुमान छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) ५ खर्ब ४४ अर्ब ८१ करोड पुगेको अनुमान छ।

समीक्षा वर्षमा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४.५ प्रतिशत, ११.९ प्रतिशत र ५३.६ प्रतिशत रहने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा क्षेत्रगत योगदान (प्रतिशत) आर्थिक वर्ष २०७८/७९ मा प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी मधेश प्रदेशमा ३४.५ प्रतिशत रहने अनुमान छ।

त्यसैगरी, उद्योग क्षेत्रको सबैभन्दा बढी योगदान गण्डकी प्रदेशको १७.६ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा बढी योगदान बागमती प्रदेशको ७६.७ प्रतिशत रहेको छ।

madesh 11.JPG

प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा कम बागमती प्रदेशमा ११.९ प्रतिशत रहने अनुमान छ।

त्यसैगरी, उद्योग क्षेत्रको योगदान सबैभन्दा कम कर्णाली प्रदेशको १०.९ प्रतिशत र सेवा क्षेत्रको सबैभन्दा कम योगदान प्रदेश नं. १ को ४९.१ प्रतिशत रहेको छ। मधेश प्रदेशमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४.५ प्रतिशत, ११.९ प्रतिशत र ५३.६ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, पुस १८ २०७९१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend