शुक्रबार, माघ २५ गते २०८१    
शुक्रबार, माघ २५ २०८१
images
images

चीनले प्रतिबन्ध लगाएपछि अमेरिका बन्यो संसारकै ठूलो बिटक्वाइन माइनिङ गर्ने देश 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २८ २०७८
images
images
चीनले प्रतिबन्ध लगाएपछि अमेरिका बन्यो संसारकै ठूलो बिटक्वाइन माइनिङ गर्ने देश 

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगष्ट अन्तिमसम्म अमेरिकामा ३५.४ प्रतिशत मानइनिङ हुने गरेको छ। अमेरिकालाई काजकस्तान, रसियाले पछ्याइरहेका छन्। 

images
images

काठमाडौं- चीनले क्रिप्टवकरेन्सीको कारोबार, लगानी तथा माइनिङमाथि प्रतिबन्ध लगाएछि अमेरिका संसारकै ठूलव बिटक्वाइन माइनिङ हुने देश बनेको छ। 

images
images
images

बेलायतको क्याम्ब्रिज सेन्टर फर अल्टरनेटिभ फाइनान्सले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिका संसारकै ठूलो बिटक्वाइन माइनिङ हुने देश बनेको हो। 

images
images

सन् २०२१ को मे मा चीनले बिटक्वाइन माइनिङमाथिक कडाइ गर्ने निर्णय गरेको थियो। पछिल्लो समय त्यसलाई चीन सरकारले कडाइका साथ लागू गर्दै प्रतिबन्ध लगाएको थियो। चीन सरकारको सो निर्णयसँगै मानइरहरु कि विदेशिएका थिए कि बन्द गरेर बसेका थिए। मेमा संसारकै ४० प्रतिशत माइनिङ चीनमा हुन्थ्यो भने जुलाइमा आउँदा त्यो शून्य प्रतिशतमा झरेको उक्त तथ्यांकले देखाएको छ। 

images
images
images

चिनियाँ माइनरहरु उत्तरी अमेरिका, सेन्ट्रल एसियातिर सिफ्ट भएको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। 

उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अगष्ट अन्तिमसम्म अमेरिकामा ३५.४ प्रतिशत मानइनिङ हुने गरेको छ। अमेरिकालाई काजकस्तान, रसियाले पछ्याइरहेका छन्। 

जटिल गणितीय सूत्रलाई समाधान गरेर माइनिङ हुने बिटक्वाइ संसारभर उच्च क्षमतायुक्त कम्प्युटरको सञ्जालबाट सञ्चालन हुन्छ। 

 


प्रकाशित : बिहीबार , असोज २८ २०७८०६:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend