बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विमानस्थल उद्‍घाटनले विकासमा लाग्ने प्रेरणा दिएको भन्दै प्रचण्डले भने - अब निजगढ

images
आइतबार, पुस १७ २०७९
images
विमानस्थल उद्‍घाटनले विकासमा लाग्ने प्रेरणा दिएको भन्दै प्रचण्डले भने - अब निजगढ

'आजको समयमा आवश्यक विषय भनेको कनेक्टिभिटी हो। त्यसमा नेपालका लागि सबैमध्ये आवश्यक भनेको हवाई सेवा नै हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब देशकै आर्थिक विकासमा कनेक्टिभिटीमार्फत सहयोग गर्नेछ'

images
images

पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्‍घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया छिटै अगाडि बढाउने बताएका छन्।

images
images
images

आइतबार पोखरामा विशेष समारोहबीच विमानस्थलको उद्घाटन गर्दै उनले अब निजगढ अन्तर्राष्ट्रिय विमानास्थलको निर्माण प्रक्रिया अगाडि बढाउने बताएका हुन्। पोखरामा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको बताउँदै उनले अब चौथो निजगढ विमानस्थलको काममा लाग्ने उल्लेख गरे। 

images
images

'यो विमानस्थल उद्घाटनले हामीलाई विकासमा लाग्ने प्रेरणा पनि दिएको छ। धेरै काम गरेर जनताको सेवामा लाग्नुछ। अहिले अन्य ठूला परियोजना अघि बढाउने प्रयास पनि भइरहेको छ। अब पोखरा सिधै धेरै राष्ट्रसँग जोडिने केन्द्र बनेको छ' उनले भने। 

images
images

तेस्रोपटक प्रधानमन्त्री भएको एक साता नपुग्दै ऐतिहासिक समारोहमा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै उनले भने, 'यो विमानस्थल निर्माणको विषयमा चिनियाँ दूतावासमा मात्रै होइन चीन भ्रमणका बेला पनि लगातार गरेका संवादहरू आज स्मरण गरेको छु। यो राम्रो र गुणस्तरीय रुपमा निर्माण भएर पोखराले नयाँ आर्थिक समृद्धिमा सहयोग गर्न सकोस् भन्ने मेरो अपेक्षा रहँदै आएको छ।'

'आजको समयमा आवश्यक विषय भनेको कनेक्टिभिटी हो। त्यसमा नेपालका लागि सबैमध्ये आवश्यक भनेको हवाई सेवा नै हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अब देशकै आर्थिक विकासमा कनेक्टिभिटीमार्फत सहयोग गर्नेछ' उनले भने। 

 

 


प्रकाशित : आइतबार, पुस १७ २०७९०९:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend