बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

झुत्रा नोटबाट बनेका ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
images
झुत्रा नोटबाट बनेका ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक 

यसअघि राष्ट्र बैंकले पूराना नोटलाई जलाउने गरेको थियो। वर्षमा अर्बौं रुपैयाँ बराबरका नोट नष्ट हुने गरेका छन्। यसरी नष्ट गर्दा खरानी बनाउनुभन्दा ब्रिकेट बनाउँदा राम्रो हुनेभन्दै  धुलाउने मेसिन नै खरिद गरिएको थियो। 

images
images

काठमाडौं- प्रयोगमा ल्याउन नमिल्ने अवस्थामा पुगेका बैंक नोटबाट बनाइएका ब्रिकेट बिक्री गर्नका लागि नेपाल राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको छ। 

images
images
images

नोटबाट बनेका ब्रकेट तथा स्रेडेड टुक्रा बिक्री गर्नका लागि राष्ट्र बैंकले सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो। 

images
images

राष्ट्र बैंकले चल्तीमा ल्याउन नमिल्ने नोटबाट ब्रिकेट बनाउँदै आएको छ। यस्तै ब्रिकेट खरिद गर्न इच्छुकबाट प्रस्ताव माग गरिएको छ। यसरी इच्छुकले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्यालय तथा प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउनसक्नेछन्। 

images
images

कुनै पनि नोटको अन्तिम सटही हुँदा नोट राष्ट्र बैंकमा पुग्छन्। यसरी राष्ट्र बैंकमा पुगेका तर प्रयोगमा ल्याउन नमिल्ने नोटलाई राष्ट्र बैंकले मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउँछ। 

यसअघि राष्ट्र बैंकले पूराना नोटलाई जलाउने गरेको थियो। वर्षमा अर्बौं रुपैयाँ बराबरका नोट नष्ट हुने गरेका छन्। यसरी नष्ट गर्दा खरानी बनाउनुभन्दा ब्रिकेट बनाउँदा राम्रो हुनेभन्दै  धुलाउने मेसिन नै खरिद गरिएको थियो। 

यसरी धुलाइएका नोटबाट ब्रिकेट बनाउनका लागि राष्ट्र बैंकले बैंक नोट स्रेडिब एन्ड ब्रिकेटिब सिस्टम गरेको थियो। राष्ट्र बैंकले यस्ता मेसिन खरिदमै ५० करोड खर्चिएको थियो। 

राष्ट्र बैंकले नोटबाट बनाएका ब्रिकेट इन्धनका रुपमा प्रयोग हुन्छ। औद्योगिक तथा घरयासी प्रयोगमा आउने गरेको छ। 


प्रकाशित : आइतबार, पुस १७ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend