बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

एक वर्षमा ७ अर्ब आम्दानी गर्‍यो शौर्य सिमेन्टले 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १७ २०७९
images
एक वर्षमा ७ अर्ब आम्दानी गर्‍यो शौर्य सिमेन्टले 

इन्फोमेरिक्सले गरेको क्रेडिट रेटिङमा उल्लेखित विवरण अनुसार उद्योगले स्थापनाको वर्ष भने २ अर्ब ६३ करोड आम्दानी गरेको थियो। 

images
images

काठमाडौं- शौर्य सिमेन्टले स्थापनाको पहिलो पूर्ण वर्षमा ७ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ। 

images
images
images

तीन ठूला व्यावसायिक घरानाको लगानीमा स्थापना भएको यो सिमेन्ट उद्योगले गएको आर्थिक वर्षमा करिब साढे सात अर्बको आम्दानी गरेको हो। इन्फोमेरिक्सले गरेको क्रेडिट रेटिङमा उल्लेखित विवरण अनुसार उद्योगले स्थापनाको वर्ष भने २ अर्ब ६३ करोड आम्दानी गरेको थियो। 

images
images

आर्थिक वर्ष २०७७/७८ को मध्यतिरबाट उत्पादन सुरु गरेको उद्योगको क्षमता ३ हजार टन रहेको छ। शंकर, अम्बे तथा हुलास समूहको लगानीमा खुलेको यो उद्योगका देशभर ८० वितरणक तथा १८ सय डिलर रहेका छन्। 

images
images

उद्योगले विभिन्न शीर्षकमा ऋण लिनका लागि रेटिङ गराएको छ। कूल १५ अर्ब ऋण लिनका लागि रेटिङ गराएको छ। रेटिङ एजेन्सीले यसलाई दीर्घकालीन ऋणका लागि ट्रिपल बी माइनस र अल्पकालीन ऋणका लागि ए थ्री रेटिङ दिएको छ। 

 

 

 


प्रकाशित : आइतबार, पुस १७ २०७९०७:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend