बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अप्पर अरुण आयोजनामा मुआब्जा वितरण सुरु

images
शनिबार, पुस १६ २०७९
images
अप्पर अरुण आयोजनामा मुआब्जा वितरण सुरु

जलविद्युत आयोजनाको अनुमानित लागत दुई खर्ब रुपैयाँभन्दा बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत आयोजनाको निर्माण सुरु हुनेछ।

images
images

किमाथांका- सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ। 

images
images
images

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए।  

images
images

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। एक हजार ६१ मेगावाट जलविद्युत उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ।

images
images

आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए। उनका अनुसार हालसम्म भोटखोला-२ हटियाका १५ घरपरिवारलाई करिब साढे चार करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ। 

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया-६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया-६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ। जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो।

त्यस्तै हटिया-८, ९ र चेपुवा-१ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार रुपैयाँ र चेपुवा-१, हटिया-८ तथा ९, पावाखोला-३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख रुपैयाँ कायम गरिएको थियो। 

आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि सुरु हुने भएको छ। आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ। सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत आयोजना बनाउन लागेको हो। 

जलविद्युत आयोजनाको अनुमानित लागत दुई खर्ब रुपैयाँभन्दा बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ। रासस


प्रकाशित : शनिबार, पुस १६ २०७९०९:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend