बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मन्दिर निर्माणमा अनियमितता, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १४ २०७९
images
मन्दिर निर्माणमा अनियमितता, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा 

अख्तियारले तत्काली नगरका प्रमुख प्रशासकीय प्रमुख श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव इन्जिनियर उमेशकुमार दासविरुद्ध मुद्दा दायर गरेको छ।

images
images

काठमाडौं- मन्दिर निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। 

images
images
images

सर्लाहीको कविलासी नगरपालिका- ८ मा रहेको अधुरो रामजानकी मन्दिर निर्माणमा अधिक रकम भुक्तानी गरेको पाइएकाले नगरका कर्मचारीसहित उपभोक्ता समितिका पदाधिकारीविरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

images
images

मन्दिर निर्माणको काममा वास्तविक कार्यभन्दा बढी कार्य भएको गलत विल बनाई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धानबाट ९७ हजार ८४० रुपैयाँ बढी भुक्तानी लिने दिने काम भएको पाइएको विभागले उल्लेख गरेको छ। 

images
images

अख्तियारले तत्काली नगरका प्रमुख प्रशासकीय प्रमुख श्याम किशोर राय, इन्जिनियर रामविनय प्रसाद यादव, सव इन्जिनियर उमेशकुमार दासविरुद्ध मुद्दा दायर गरेको छ।

त्यस्तै मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल, सचिव बालमेश्वर साह, कोषाध्यक्ष रिना कुमारीविरुद्ध अख्तियारले कैद तथा जरिवानाको माग गर्दै मुद्दा दायर गरेको छ। 


प्रकाशित : बिहीबार , पुस १४ २०७९०९:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend