बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

घट्यो सुन तथा चाँदीको मूल्य 

images
बिहीबार , पुस १४ २०७९
images
घट्यो सुन तथा चाँदीको मूल्य 

बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला २ सय र चाँदी २० रुपैयाँ घटेको हो। 

images
images
images

बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर १ लाख ९ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको हो। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images


प्रकाशित : बिहीबार , पुस १४ २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend