बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

कर छुट सुविधा लिन पुस मसान्तभित्र निवेदन दिन विभागको आग्रह  

images
बुधबार, पुस १३ २०७९
images
कर छुट सुविधा लिन पुस मसान्तभित्र निवेदन दिन  विभागको आग्रह  

आर्थिक ऐन, २०७९ ले ल्याएका छुट तथा सुविधा उपयोग गर्नका लागि तोकिएको समयमै निवेदन दिन विभागले आग्रह गरेको हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमा घोषणा भएका कर छुटको सुविधा लिनका लागि पुस मसान्तभित्र निवेदन दिन आन्तरिक राजस्व विभागले आग्रह गरेको छ। 

images
images
images

आर्थिक ऐन, २०७९ ले ल्याएका छुट तथा सुविधा उपयोग गर्नका लागि तोकिएको समयमै निवेदन दिन विभागले आग्रह गरेको हो। 

images
images

ऐनले करयोग्य कारोवार गरिरहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नम्वर लिएर विगत तीन वर्षको आय विवरण र कर २०७९ पौष मसान्तसम्म बुझाएमा त्यस अघिको कर, शुल्क र व्याज मिन्हा पाउने सुविधा दिएको छ। 

images
images

संयुक्त उपक्रम ( ज्वाइन्ट भेन्चर ) करदाताहरुले २०७८ चैत्र मसान्त सम्मको मूल्य अभिबृद्धि कर विवरण वा विवरण अनुसारको कर बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, कर र व्याजको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा बाँकी व्याज, थप दस्तुर र जरिवाना छुट पाउनेछन्। 

त्यस्तै अन्तःशुल्क इजाजतपत्रवालाले २०७८ चैत्र मसान्त सम्मको विवरण वा विवरण अनुसारको अन्तःशुल्क बुझाउन बाँकी भएको भए बुझाउन बाँकी विवरण, अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत रकम २०७९ पौष मसान्तसम्म बुझाएमा जरिवाना र बाँकी विलम्ब शुल्क छुट पाउनेछन्। 

यी सुविधा लिनका लागि पुस मसान्तभित्र निवेदन दिनुपर्ने छ। 


प्रकाशित : बुधबार, पुस १३ २०७९१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend