शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

खसीबोका बिक्रीको कमाइले खुसी छन् पाल्पाका महिला

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २७ २०७८
images
खसीबोका बिक्रीको कमाइले खुसी छन् पाल्पाका महिला

आजभन्दा करिब सात वर्षअघि एकवटा बाख्राबाट व्यवसाय सुरु गरेकी रानाले अहिले एउटै खसी बेच्दा  ३० हजार दाम हातमा बुझ्न पाउँदा दङ्ग छन्।

images
images

रामपुर- खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर  एक लाख ३६ हजार रुपैयाँ बुझिन। दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । 

images
images
images

पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाइन्। गत वर्षको दसैँमा पनि रानाले पाँचवटा खसी बिक्रीबाट  एक लाख ५० हजार कमाई गरेकी थिइन्। 

images
images

'यस वर्ष सात/आठ महिना मात्रै पालेर खसी बेचियो, गत वर्ष १३/१४ महिनासम्म पालेर बिक्री गर्दा धेरै आम्दानी देखिए पनि छोटो समय पालेर यस पटकको दसैँमा राम्रो कमाई लिन पाइयो' रानाले भनिन्।
       
उनको घरमा चारवटा खसी र बोका, छवटा माउ गरेर जम्मा २० वटा बाख्रा छन् । गएको फागुनमा मात्रै  ३० हजार मूल्य बराबरको एउटै खसी र गत असारमा  ७४ हजार बराबरको बोयर बोका हुर्काएर बिक्री गरेकी थिइन्।  

images
images

आजभन्दा करिब सात वर्षअघि एकवटा बाख्राबाट व्यवसाय सुरु गरेकी रानाले अहिले एउटै खसी बेच्दा  ३० हजार दाम हातमा बुझ्न पाउँदा दङ्ग छन्।

सोही ठाउँकै उर्मिला सुनारीले यस पटकको दसैँमा दुई खसी र एकवटा व्याडे बोका बिक्री गरी  ५० हजार रुपैयाँ कमाई गरेकी छन्। सो रकमले चाडबाड मान्ने उनको योजना छ ।

खसीबोका उत्पादन गर्न थालेदेखि उनलाई ऋण खोजेर चाडपर्व मनाउनु परेको छैन। उनको घरमा हाल सात माउ बाख्रासहित २५ बाख्रा छन् । यसैबाट परिवारको गर्जो टरेको छ । खुमिसरा र उर्मिला जस्ता यहाँका धेरै महिलाले बाख्रापालन गरेर राम्रो कमाई गरेका छन् । विशेषगरी दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी खसीबोका उत्पादन गर्न थालेपछि चाडपर्वमा अर्कासँग ऋण खोज्नु परेको छैन । 

स्थानीय गल्धा सामाजिक उद्यमी महिला सहकारीले गाउँमै पुगेर बाख्रा खरिद गरी बजार पठाउने गरेको छ । यस कार्यले महिलाहरु बाख्रापालनमा आकर्षित हुँदै गएका छन् । बाख्रापालन गर्न थालेपछि गाउँका महिलाहरु स्वावलम्बी बन्दै गएका छन् ।

सहकारीभित्र आबद्ध सदस्यबाट उत्पादन भएका ४०६ वटा खसीबोका बाहिर निकासी गरी यस पटकको दसैँमा  ४८ लाख ५३ हजार ६६२ रुपैयाँ बराबरको कारोबार गरेको सहकारीका व्यवस्थापक दिलमाया रानाले जानकारी दिइन्।  सुशीला रेग्मी/रासस


प्रकाशित : बुधबार, असोज २७ २०७८०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend