बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

बागमती प्रदेशले ल्यायो ५५ करोडको बीउपुँजी योजना

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १२ २०७९
images
बागमती प्रदेशले ल्यायो ५५ करोडको बीउपुँजी योजना

व्यावसायिक योजनाअनुसार सम्झौतापछि बीउपुँजीको १० प्रतिशत, योजना बमोजिम ५० प्रतिशत, काम भइसकेपछि ४० प्रतिशत र शतप्रतिशत काम भइसकेपछि स्वीकृत बीउपुँजीको ५० प्रतिशत रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ।

images
images

काठमाडौं- बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बीउपुँजी उपलब्ध गराउने योजना अन्तर्गत ५५ करोड रुपैयाँ विनियोजन गरेको छ।
 
विनियोजित बजेट कार्यान्वयनका लागि बीउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ।

images
images
images

मन्त्रालयले बनाएको बीउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस गरेका आधारमा योजनाको करिब २० प्रतिशत साथै मन्त्रालयबाट गठित बोर्ड तथा निर्देशनालयबाट सञ्चालन हुने कार्यक्रमको हकमा व्यावसायिक योजनाको २० प्रतिशत वा बढीमा एक करोडसम्म बीउँपुजी लगानी गर्न सकिने सो मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकरी दिए। १० लाखसम्मको बीउपुँजी उपलब्ध गराउनका लागि कुनै प्रकारको धितोसमेत आवश्यक नरहेको बताइएको छ। 

images
images

व्यावसायिक योजनालाई आधार बनाएर बिनाधितो १० लाखसम्म बीउँपुजी उपलब्ध गराउने कार्यविधि निर्माण भएको डा पाण्डेले जानकरी दिए। १० लाखभन्दामाथिको बीउपुँजी उपलब्ध गराउन बैंक ग्यारेन्टी आवश्यक पर्नेछ। 

images
images

व्यावसायिक योजनाअनुसार सम्झौतापछि बीउपुँजीको १० प्रतिशत, योजना बमोजिम ५० प्रतिशत, काम भइसकेपछि ४० प्रतिशत र शतप्रतिशत काम भइसकेपछि स्वीकृत बीउपुँजीको ५० प्रतिशत रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ। नयाँ व्यावसायिक योजनालाई प्राथमिकता दिएर मन्त्रालयले कार्यक्रम ल्याएको भए पनि पुरानो व्यवसायलाई थप विस्तारका लागि पनि बीउपुँजी  उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। 

प्रदेश सरकारले दिएको बीउपुँजी व्यवसायीले बढीमा पाँच वर्षमा फिर्ता गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। बीउपुँजी लिनका लागि कुनै ब्याज तथा  शुल्क नलाग्ने भए तापनि किस्ता र भुक्तानी अवधिको निर्माण बीउपुँजी परिचालन समितिले गर्नेछ। 

बीउपुँजी परिचालनका लागि बोर्ड/निर्देशनाालय तथा कार्यालयले प्रमुख वा निजले तोकेको वरिष्ठतम् अधिकृतको संयोजोकत्वमा पाँच सदस्यीय बीउपुँजी परिचालन समिति गठन हुने कार्यविधिमा जनाइएको छ।
 
कार्यविधिअनुसार सहकारी संस्थालाई दूध ढुवानीका लागि रेफ्रिजेरेटरदेखि ट्याङ्कर खरिदमासमेत बीउपुँजी परिचालन हुनेछ। बीउपुँजी लिएर बाख्रा, बङ्गुर, र गाईपालनका लागि पशुको सङ्ख्या, गोठ तथा खोरको आकार र बनावटलगायतको विषय तोकेर मन्त्रालयले मापदण्डसमेत बनाएको छ।

यसअघि प्रदेश सरकारमार्फत् किसानलाई दिएको अनुदान प्रभावकारी हुन नसकेको कारणले यसवर्षदेखि बीउपुँजी योजना ल्याइएको उनले बताए। चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट करिब तीन सय वटा निजी कृषि फर्मलाई बीउपुँजी उपलब्ध गराउने मन्त्रालयको लक्ष्य डा पाण्डेको भनाइ छ।

उनीहरुको परियोजना प्रस्तावको आधरमा २० प्रतिशतसम्म  बीउपुँजी  उपलब्ध गराइनेछ। मन्त्रालय अन्तर्गतको भेटनरी अस्पताल, तथा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र कृषि निर्देशनालय तथा दुग्ध विकास बोर्डमार्फत् छुट्टै सूचना जारी गरी बीउपुँजी लिनका लागि सहकारी तथा निजी कृषि फर्मलाई आह्वान गरिएको मन्त्रालयले जनाएको छ। हाल योजनाको छनोटकार्य भइरहको छ भने प्रदेश सरकारले विगत पाँच वर्षको अवधिमा कृषि क्षेत्रमा तीन अर्ब अनुदान प्रदान गरेको छ। रासस


प्रकाशित : मंगलबार, पुस १२ २०७९१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend