बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अर्थमन्त्रीले उद्योगीलाई भने- उच्च मनोबलका साथ अर्थतन्त्र उकास्न सहकार्य गरौँ

images
मंगलबार, पुस १२ २०७९
images
अर्थमन्त्रीले उद्योगीलाई भने- उच्च मनोबलका साथ अर्थतन्त्र उकास्न सहकार्य गरौँ

मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको समेत उद्योगीहरूले अर्थमन्त्रीलाई जानकारी गराएका थिए।

images
images

काठमाडौं- निजी क्षेत्रका प्रतिनिधिहरूसँग कुराकानी गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि काम सुरु गरेको बताएका छन्।

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले अर्थमन्त्री पौडेललाई मंगलबार मध्यान्ह अर्थ मन्त्रालयमा भेटवार्ता गरेका थिए। महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा विद्यमान समस्या समाधानका लागि महासंघको तर्फबाट सुझाव समेत दिएका थिए। 

images
images

उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालु पुँजी कर्जा मार्गनिर्देश कम्तिमा दुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए।

images
images

अर्थमन्त्री पौडेलले निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पारेको बताए।

निजी क्षेत्रको मनोबल उच्च बनाएर अर्थतन्त्र उकास्ने बाटोमा सहकार्य गर्न अर्थमन्त्रीले आग्रह गरेका छन्। मौद्रिक नीतिको समीक्षामार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेषगरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको समेत उद्योगीहरूले अर्थमन्त्रीलाई जानकारी गराएका थिए।

भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वयको समेत उपस्थिति रहेको थियो। 


प्रकाशित : मंगलबार, पुस १२ २०७९०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend