बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १२ २०७९
images
काभ्रेको बेथानचोकमा केबलकार निर्माण हुने
सांकेतिक तस्बिर।

केबलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ। 

images
images

धुलिखेल- काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबलकार निर्माण हुने भएको छ।

images
images
images

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए। केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ। 

images
images

गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबलकार निर्माण गर्न लागिएको बताए। उनले केबलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरे। 

images
images

आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबलकारका लागि नौवटा टावरहरु रहने छन्। केबलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ। 

कार्यक्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो। रासस


प्रकाशित : मंगलबार, पुस १२ २०७९०८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend