बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल 

images
मंगलबार, पुस १२ २०७९
images
अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल 

दाहालको निजी निवास खुमलटारमा भेट गरेका महासंघका पदाधिकारीहरूले आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका वारेमा जानकार भएको भन्दै समस्याका बारेमा स्मरण गराएका थिए। 

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। 

images
images
images

नेपाल उद्योग वाणिज्य महासंघको  प्रतिनिधिमण्डलसँगको भेटमा दाहालले आर्थिक समस्याका बारेमा आफू जानकार भएको र यसमै केन्द्रित हुने बताएका हुन्। 

images
images

दाहालको निजी निवास खुमलटारमा भेट गरेका महासंघका पदाधिकारीहरूले आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका वारेमा जानकार भएको भन्दै समस्याका बारेमा स्मरण गराएका थिए। 

images
images

महासंघ अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय संचालनमा सवैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग गरेका थिए। 

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराएका थिए। 

 


प्रकाशित : मंगलबार, पुस १२ २०७९०४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend