बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

अमेरिकी प्रतिबन्धनमा परेको इरानी कम्पनीसँग भेरी बबई आयोजनाले तोड्यो सम्झौता 

images
मंगलबार, पुस १२ २०७९
images
अमेरिकी प्रतिबन्धनमा परेको इरानी कम्पनीसँग भेरी बबई आयोजनाले तोड्यो सम्झौता 

यो कम्पनीसँग सन् २०१९ मा परामर्श सेवाका लागि ३४ करोडमा सम्झौता भएको थियो। 

images
images

काठमाडौं- भेरी बबई डाइभर्सन बहुद्देशीय आयोजनाले इरानी कम्पनीसँगको सम्झौता भंग गरेको छ। 

images
images
images

आयोजनाले ३० दिने सार्वजनिक सूचना जारी गर्दै परामर्श सेवा दिनेगरी इरानी कम्पनी महाब घोडास कन्सल्टिङ इन्जिनियरङ कम्पनीसँग भएको सम्झौता भंग गरेको छ। 

images
images

यो कम्पनीसँग सन् २०१९ मा परामर्श सेवाका लागि ३४ करोडमा सम्झौता भएको थियो। 

images
images

सम्झौता भएपनि सम्झौता अनुसारको काम नभएको भन्दै जनवरी २६ २०२३ देखि लागू हुनेगरि सम्झौता रद्ध भएको जानकारी आयोजनाले दिएको छ। 

यही इरानी कम्पनीसँग यसअघि उत्तरगंगा जलविद्युत आयोजनाले पनि सम्झौता भंग गरेको थियो। सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धामा भाग लिएर ठेक्का पाएपनि अमेरिकी प्रतिबन्धका कारणले इरानी कम्पनीले नेपालमा बैंकिङ कारोबार नै गर्न कठिन भएको थियो। 

अमेरिकाले यो इरानी कम्पनीलाई प्रतिबन्धित सूचीमा राखेको छ। अमेरिकी प्रतिबन्धमा रहेकाले यो कम्पनीको बैंकिङ कारोबार हुँदा सम्पत्ति शुद्धीकरणको व्यवस्था आकर्षित हुने भन्दै बैंकिङ कारोबार प्रभावित भएको थियो। 

भेरी बबईबाट यो कम्पनीले ८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ। 


प्रकाशित : मंगलबार, पुस १२ २०७९०३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend