बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान बनाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस १० २०७९
images
उपत्यकामा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि १० उद्यान बनाइने

ललितपुरकै महालक्ष्मी नगरपालिका-८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालयपछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणले यहाँका विभिन्न स्थानमा १० वटा उद्यान निर्माण गर्ने भएको छ। विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनीयर सौरब ढकालले जानकारी दिए। 

images
images
images

प्राधिकरणले शङ्खरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न लागिएको जनाएको छ।

images
images

यसैगरी ललितपुर महानगरापालिकामा तीन उद्यान निर्माण गरिने भएको छ। महानगरपालिकाको १३ नं वडामा मच्छेन्द्र उद्यान, वडा नं २१ मा पञ्चोद्यान, वडा नं २७ मा बालकुमारी उद्यान निर्माण गरिने उनले बताए। महानगरपालिकाकै वडा नं २५ सैंबु भैँसेपाटीमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गर्न लागिएको छ। 

images
images

ललितपुरकै महालक्ष्मी नगरपालिका-८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालयपछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ। उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुरका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा संंरक्षण गरी हरियाली प्रवर्द्धन गरिने भएको छ। 

भक्तपुरका स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक जग्गा संरक्षण गरी ती स्थानमा उद्यान निर्माण गर्न लागिएको हो। तीनै जिल्लामा उद्यान निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी पनि प्राधिकरणले दिएको छ। रासस


प्रकाशित : आइतबार, पुस १० २०७९०७:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend