बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने कांग्रेस सांसदहरूको माग 

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ९ २०७९
images
देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने कांग्रेस सांसदहरूको माग 

जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए। 

images
images

काठमाडौं- नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्। 

images
images
images

प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएको सांसद चन्दा चौधरीले जानकारी दिइन्। 

images
images

जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए। 

images
images

राष्ट्रपति विद्यादेवी  भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ। 

गठबन्धनबाट चुनावमा गएको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार दाबी गरेपनि साझेदार दल माओवादी केन्द्रले पनि दाबी गरेको छ। माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरिसकेको छ। 

पहिलो २ वर्ष आफूले सरकारो नेतृत्व दाबी गरेको साझेदार दल माओवादीसँगको सहमतिपछि सरकार गठनका बारेमा ठोस जानकारी गराउने देउवाले जानकारी दिएका छन्। रासस 


प्रकाशित : शनिबार, पुस ९ २०७९०८:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend