बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, पुस ९ २०७९
images
खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार पाएन

स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए। 

images
images

लुम्बिनी- मर्चवार क्षेत्रका व्यवसायी, किसान, स्थानीय तथा सरोकारवालाले खुल्ला सीमाका कारण स्वदेशी उत्पादनले बजार नपाएको गुनासो गरेका छन् । खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण सहज रुपमा सामान भित्रिनुले स्वदेशी उत्पादनको बजारीकरणमा समस्या रहेको उनीहरूको भनाइ छ।

images
images
images

चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन र उद्योग व्यापार सङ्गठन मर्चवार सम्पर्क कार्यालयले शुक्रबार कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको स्थानीय बजार प्रवद्र्धनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले स्थानीय बजार प्रवद्र्धनका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। 

images
images

कार्यक्रममा स्थानीय सन्तराम कोइरीले स्वदेशमा उत्पादन भएका कुखुराले बजार नपाएको गुनासो गरे।  त्यस्तै स्थानीय सूर्यनारायण यादवले खुल्ला सीमाका कारण स्वदेशी बजार सुनसान भएको बताए। उनले स्वदेशमा उत्पादन लागत बढी हुँदा सामानको मूल्यसमेत यहाँ बढी नै रहेको बताए। 

images
images

स्थानीय अर्जुन हरिजनले चप्पल उद्योग सञ्चालन गर्दै आएको भए पनि बिक्रीवितरणमा समस्या आएपछि उद्योग नै बन्द गर्नुपरेको बताए। 

उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले किसानले समयमा मल र बीउ नपाएको बताए। उनले सरकारले किसानलाई समयमै मल उपलब्ध गराउन नसकेको र सीमापारिबाट ल्याउँदा किसानले अनेकौँ हैरानी खेप्नुपरेको बताए। 

मर्चवारी गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले कृषि, शिक्षा र स्वास्थ्यमा आफूले जोड दिएको बताउए। उनले कृषकलाई गाउँपालिकाबाट सक्दो सहयोग गरिएको बताए। रासस


प्रकाशित : शनिबार, पुस ९ २०७९०८:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend