बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

विदेशी लगानीका ५ हजार ६ सय ४४ उद्योग दर्ता, ४ खर्ब ३२ अर्बको लगानी प्रतिबद्धता

मंसिर महिनामा मात्रै ८४ करोड ९० लाख रुपैयाँको विदेशी लगानी प्रतिवद्धतामा १६ उद्योग

images
शुक्रबार, पुस ८ २०७९
images
विदेशी लगानीका ५ हजार ६ सय ४४ उद्योग दर्ता, ४ खर्ब ३२ अर्बको लगानी प्रतिबद्धता

भन्सार विभागले नेपालमा मंसिर मसान्तसम्ममा विदेशी लगानीका ५ हजार ६ सय ४४ वटा उद्योग दर्ता भएको जनाएको छ।  ५ हजार ६ सय ४४ उद्योगमा ४ खर्ब ३२ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धा समेत आएको विभागले जनाएको छ।

images
images

काठमाडौं- उद्योग विभागले नेपालमा मंसिर मसान्तसम्ममा विदेशी लगानीका ५ हजार ६ सय ४४ वटा उद्योग दर्ता भएको जनाएको छ।  ५ हजार ६ सय ४४ उद्योगमा ४ खर्ब ३२ अर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रतिवद्धा समेत आएको विभागले जनाएको छ।

images
images
images

विभागमा अनुसार चालु आर्थिक वर्ष २०७०/०८० को मंसिर महिनामा भने जम्मा  विदेशी लगानीमा १६ वटा उद्योगमा लगानी प्रतिवद्धता आएको छ। मंसिर महिनामा ८४ करोड ९० लाख रुपैयाँ बराबरको उद्योगमा लगानी प्रतिवद्धता आएको छ।

images
images

विभाग अनुसार हालसम्म ३२३ वटा ठूला, ६ सय २२ वटा मझौला र  ४ हजार ६ सय ९९ वटा साना उद्योगमा विदेशी लगानी प्रतिवद्धता आएको जनाएको छ।

images
images

जसमध्ये उत्पादन मुलक उद्योगतर्फ १२ सय ७१, उर्जामुलकतर्फ ९१, कृषितर्फ २९५, पर्यटन मुलकमका १८ सय ६३, खनिजमा ७२, सेवा मुलकतर्फ १८ सय ७३, पूर्वाधारतर्फ ५५ र सूचना प्रविधितर्फका १सय २४  वटा उद्योगमा विदेशी लगानी आएको भन्सारले जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस ८ २०७९०९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend