बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

व्यापार सहजीकरणका लागि बंगलादेशसँग चेम्बरकाे सम्झाैता

images
बिहीबार , पुस ७ २०७९
images
व्यापार सहजीकरणका लागि बंगलादेशसँग चेम्बरकाे सम्झाैता

नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो ।

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छे। नेपाल भ्रमणमा रहेको बंगलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो।

images
images
images

नेपाल बंगलादेश बीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्र बीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो। अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ। यसको प्रभावकारी कार्यान्वयनसँगै लगानीका लागि हामी आह्वान गर्दछौँ।’

images
images

बंगलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। बंगलादेशसँग नेपालको व्यापार घाटा उच्च रहेको सन्दर्भमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका वस्तुहरुको खोजी गर्नुपर्नेमा जोड दिए। नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युत्मा लगानीका लागि मल्लले आग्रह गरे।

images
images

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो। नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौता भए पनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन। चेम्बर अध्यक्ष मल्लले विद्युत् व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युत्मा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसँग आग्रह गरेका छन्। 

यस्तै नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरुले पहल गर्ने अध्यक्ष मल्लले बताए।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए। हवाईसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिए। नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरु तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए। रासस


प्रकाशित : बिहीबार , पुस ७ २०७९१२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend