बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

मुक्त हलिया परिवारलाई खानेपानीको महसुल बुझाउन गाह्रो

images
बिहीबार , पुस ७ २०७९
images
मुक्त हलिया परिवारलाई खानेपानीको महसुल बुझाउन गाह्रो

मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्दा बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासंघको सहयोगमा खानेपानीका लागि विद्युतीय बोरिङ जडान गरिएको हो। बस्तीमा बस्ने मुक्त हलिया परिवारको आर्थिक अवस्था कमजोर हुँदा खानेपानीको विद्युत् महसुल तिर्न सकिएको छैन।

images
images

कञ्चनपुर- पुर्नवास नगरपालिका–९ सीताबस्तीका मुक्त हलिया परिवारलाई बस्तीमा खानेपानीका लागि जडान गरिएको विद्युतीय बोरिङको बिल तिर्नकै सास्ती छ।

images
images
images

मुक्त हलिया परिवारलाई पुनःस्थापना गर्दा बस्तीमा राष्ट्रिय मुक्त हलिया समाज महासङ्घको सहयोगमा खानेपानीका लागि विद्युतीय बोरिङ जडान गरिएको हो। बस्तीमा बस्ने मुक्त हलिया परिवारको आर्थिक अवस्था कमजोर हुँदा खानेपानीको विद्युत् महसुल तिर्न सकिएको छैन।

images
images

‘विद्युत्को बिल रु एक लाखमाथि नाघेको छ’, लक्ष्मण विकले भने, ‘तिर्नका लागि आर्थिक अभाव छ, कुन दिन विद्युत्को लाइन काटिने हो पत्तो छैन।’ खाना खर्च जुटाउनै समस्या भएकाले विद्युत्को बिल तिर्न सक्ने अवस्था नरहेको उनले बताए। अर्को समस्या बारम्बार विद्युत् जाने र डिमलाइट बल्ने गरेकाले विद्युत् सर्ट हुँदा तार फेरेकोफे¥यै गर्नुपर्ने हुन्छ। त्यसबाट खानेपानी दैनिक पाउनै मुस्किल भएको रामे कामीले बताए। 

images
images

‘हप्तामा तीन दिन मात्रै बस्तीको विद्युतीय बोरिङबाट पानी निकाल्न सकिन्छ, मर्मत गर्न पैसाको अभाव हुन्छ’, उनले भने, ‘विद्युत्को महसुल बुझाउने पैसा कहाँबाट व्यहोर्न सकिन्छ, विद्युत् अनियमित हुँदा बाँकी समय बाह्य क्षेत्रबाट बोकेर पानीको जोहो मिलाउने गरेका छौँ।’

बस्तीमा खानेपानीको एकमात्रै साधन भनेकै बोरिङ रहेको उनले बताए। पुनः स्थापन भएर बस्ती बसेको तीन वर्ष भएको छ। यस अवधिमा मुक्त हलिया परिवार बोरिङ मर्मतमै ठूलो रकम खर्च गरेको उनले बताए। 

गाउँमा रोजगारी नपाइँदा अधिकांश परिवार भारततर्फ लागेका छन्। खाना खर्च नै नजुटने भएपछि पुनःस्थापन गराइएका ३९ परिवारमध्ये १५ परिवारमात्रै बस्तीमा रहेका छन्। बस्तीमा रहेका परिवारमा पनि बूढापाका, महिला र बालबालिकामात्रै छन् । युवा सबै कामको खोजीमा अन्यत्र गएका छन्।

‘बस्तीमा रहेका थोरै परिवारले विद्युत्को महसुल तिर्न सक्दैनौँ’, नन्द चदाँराले भने, ‘खानेपानीको विद्युत् महसुल मिनाहा गरिनुपर्ने हाम्रो माग छ, बोरिङको सट्टा खानेपानीको अर्को विकल्पको व्यवस्था गरिदिनका लागि नगरपालिका कार्यालय धाएका छौँ, अझै पनि समस्या समाधान भएको छैन।’ रासस


प्रकाशित : बिहीबार , पुस ७ २०७९०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend