बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

डोल्मा इम्प्याक्ट फन्ड-२ मा जाइकाले १ करोड डलर लगानी गर्ने 

images
बुधबार, पुस ६ २०७९
images
डोल्मा इम्प्याक्ट फन्ड-२ मा जाइकाले १ करोड डलर लगानी गर्ने 

जाइकाको यो लगानीसँगै  डोल्मा इम्प्याक्ट फण्ड-२ को कूल कोष ७ करोड १९ लाख अमेरिकी डलर पुगेको छ। 

images
images

काठमाडौं- जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले डोल्मा फण्ड म्यानेजमेन्टद्वारा प्रर्वद्धित स्वपुँजी लगानी (प्राइभेट इक्वीटि) कोष डोल्मा इम्प्याक्ट फण्डमा एक अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ। 

images
images
images

जाइकाले डोल्मामा १ करोड अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेको छ। 

images
images

निजी क्षेत्रको अग्रसरतामा सञ्चालन हुने  स्वास्थ्य सेवा, सूचना / डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरुमा लगानी गर्नका लागि यो कोष परिचालन गरिने भएको छ। 

images
images

नेदरल्याण्डसको उद्यमशीलता विकास बैंक, बेलायत सरकारको विकास बैंक बीआईआई, स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोग डीएफसी र र विश्व बैकको आईएफसीसँगको सहवित्तीयकरणमा लगानी गर्ने भएको छ। 

जाइकाको यो लगानीसँगै  डोल्मा इम्प्याक्ट फण्ड-२ को कूल कोष ७ करोड १९ लाख अमेरिकी डलर पुगेको छ। 

डोल्मा फण्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फण्ड १ र २ मा गरि कूल १० करोड ८५ लाख अमेरिकी डलर पुँजी परिचालन गर्ने भएको छ। हालसम्म ४ नवीकरणीय ऊर्जा, ३ स्वास्थ्य सेवा, ६ सूचना प्रविधि डिजिटल सेवा सम्बन्धी कम्पनीहरूमा लगानी प्रतिवद्धता गरिसकेको छ । यसबाट ९ हजार ४५२  रोजगारी सिर्जना भएको डोल्माले जानकारी दिएको छ। 


प्रकाशित : बुधबार, पुस ६ २०७९१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend