बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

सुक्खा बन्दरगाह बन्ने भएपछि आकासियो जग्गाको मूल्य 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस ६ २०७९
images
सुक्खा बन्दरगाह बन्ने भएपछि आकासियो जग्गाको मूल्य 

पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा ४० लाख मुआब्जा रकम पाएको उनले बताए। भौगोलिकरुपले विकट मानिएको दोधारा-चाँदनीमा विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएको स्थानीय बताउँछन्।

images
images

कञ्चनपुर- कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१ स्थित सामुदायिक वनमा सुक्खा बन्दरगाह प्रस्ताव भएपछि यहाँको जग्गाको मूल्य आकासिएको छ।

images
images
images

सुक्खा बन्दरगाहसँगै महाकाली नदीमा बनेको चार लेनको पुल र छ लेनको पहुँच मार्ग बनेपछि यहाँको जग्गाको भाउ बढेको हो। केही वर्षअघिसम्म प्रतिकट्ठा रु तीन लाखमा पाइने जग्गाको मूल्य अहिले रु ८० लाख पुगेको यहाँका स्थानीयवासी बताउँछन्।

images
images

विसं २०२२ मा बैतडीको पुर्चाैडीबाट बसाइँसरी दोधारा-चाँदनी नगरपालिका-१ आएका ५० वर्षीय कृष्णदत्त पन्तले तीन लाख पर्ने जग्गाको मूल्य ८० लाख पुगेको बताए।

images
images

'विसं २०२२ मा बैतडीबाट यहाँ आउँदा वन फँडानी गरेर बस्ती बसेको थियो' उनले भने, 'त्यो बेला भारतको बाटो भएर मात्र महेन्द्रनगर जान सकिन्थ्यो।' उनले अहिले छ लेनको पक्की सडक र छेउमै सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको मुहार फेरिएको बताए। 
 
महाकाली नदीमा पक्की पुल निर्माणसँगै दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रसम्म करिब नौ सय मिटर छ लेनको सडक बनेपछि यस क्षेत्रको जग्गाको मूल्यसमेत आकासिएको उनले बताए। 'पहिले यहाँ प्रतिकट्ठा जमिन दुई/तीन लाखमा बिक्री हुन पनि मुश्किल हुन्थ्यो, सुक्खा बन्दरगाह बन्ने भएपछि अहिले ८० लाखमा प्रतिकट्ठा जमिन बिक्री भइसक्यो' उनले भने, 'यहाँ सुक्खा बन्दरगाह बन्ने भएपछि जग्गा खरिदका लागि धेरै आउने गरेका छन।'
 
पक्की सडकमा पाँच कट्ठा जमिन पर्दा ४० लाख मुआब्जा रकम पाएको उनले बताए। भौगोलिकरुपले विकट मानिएको दोधारा-चाँदनीमा विकाससँगै सेवा तथा सुविधा पनि थपिँदै गएको स्थानीय बताउँछन्। स्थानीय गजीराम महरले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रमा चहलपहल बढेको बताए। 

'एउटा टोली आएर यहाँ रुख छपानको काम गरेर गइसकेको छ' उनले भने, 'महाकाली नदीमा चार लेनको पुल बनेपछि यहाँको मुहार फेरिएको छ सुक्खा बन्दरगाह बन्ने भएपछि यहाँको जग्गाको मूल्य बढेको छ।' उनले अहिले सुक्खा बन्दरगाह प्रस्तावित क्षेत्रमा ८० लाखदेखि ९० लाखसम्म प्रतिकट्ठा बिक्री भइरहेको बताए।
 
दोधाराचाँदनी नगरपालिका-१ का वडाध्यक्ष विक्रम चन्दले सुक्खा बन्दरगाह बन्ने भएपछि यो क्षेत्रको जग्गाको मूल्य बढेको बताए। 'बन्दरगाह बन्ने खबरले जग्गाको मूल्य बढेको छ, यो क्षेत्रका बासिन्दाले रोजगारी पाउने ठूलो आशा छ' उनले भने, 'भारतीय पक्षले पनि सुक्खा बन्दरगाहसम्म जोड्ने सडकको काम सुरु गरिसकेको छ।' उनले पछिल्लो समय यस क्षेत्रको आर्थिक गतिविधि बढेको बताए।
  
विसं २०६४ मा सरकारले दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो। अहिले बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको छ। सरकारले चालु आर्थिक वर्षमा प्रक्रिया अघि बढाउन रु एक अर्ब बजेट विनियोजन गरेको छ। रासस


प्रकाशित : बुधबार, पुस ६ २०७९०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend