बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

५ महिनामा ११७ उद्योगमा १ खर्ब १४ अर्बको लगानी प्रतिबद्धता, हाइड्रोमा मात्रै ८० अर्ब ३७ करोड

images
मंगलबार, पुस ५ २०७९
images
५ महिनामा ११७ उद्योगमा १ खर्ब १४ अर्बको लगानी प्रतिबद्धता, हाइड्रोमा मात्रै ८० अर्ब ३७ करोड

सबैभन्दा धेरै लगानी प्रतिबद्धता हाइड्रोपावरमा रहेको छ। पाँच महिनामा २४ वटा हाइड्रोपावरमा लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९ को साउनदेखि मंसिर मसान्तसम्ममा १ सय १७ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार १ सय १७ उद्योगमा १ खर्ब १४ अर्ब  ६९ करोड १८ लाख २ हजार  ७१ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

images
images
images

चालु आर्थिक वर्षको ५ महिनामा दर्ता भएका उद्योग र लगानी प्रतिबद्धता रकम गत आर्थिक वर्ष २०७८/०७९ को भन्दा कम हो। गत आर्थिक वर्षको पाँच महिनामा १३४ उद्योग दर्ता भएको थियो। दर्ता उद्योगमा कुल १ खर्ब ५१ अर्ब ८५ करोड १४ लाख १६ हजार ३ सय ९९ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो।

images
images

गत आवको तुलनामा चालु आवमा ३७ अर्ब रुपैयाँ बराबरीका लगानी प्रतिबद्धता कम भएको हो।

images
images

विभागका अनुसार सबैभन्दा धेरै लगानी प्रतिबद्धता हाइड्रोपावरमा रहेको छ। पाँच महिनामा २४ वटा हाइड्रोपावरमा लगानी प्रतिबद्धता आएको छ। २४ वटा हाइड्रोपावर ८० लाख ३७ करोड रुपैयाँको लागनी प्रतिबद्धता आएको छ।

यसैगरी २६ होटल तथा क्यासिनो (पर्यटन क्षेत्र)मा कुल १३ अर्ब ८७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यसैगरी ४० वटा उत्पादनमूलक उद्योगमा १० अर्ब ९६ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।


प्रकाशित : मंगलबार, पुस ५ २०७९०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend