बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

धनगढीको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ५ २०७९
images
धनगढीको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई

एसियाली विकास बैंकको ऋण सहातामा अघि बढेको यो परियोजना कुहिने र नकुहिने फोहोरलाई छुट्याएर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिने छ। 

images
images

काठमाडौं-  धनगढी उपमहानगरपालिकामा निर्माण हुने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको जिम्मा चिनियाँ कम्पनीले पाउने भएको छ। 

images
images
images

सहरी विकास तथा भवन निर्माण विभागको क्षेत्रीय सहरी विकास परियोजनाले धनगढी उपमहानगरको केन्द्र निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिनेगरी छनौट गरेको छ। 

images
images

आयोजनाको निकालेको टेन्डरबाट चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्लेक्स छनौट भएको छ। आयोजनाले यो कम्पनीलाई ठेक्का दिने आसय पत्र दिइसकेको छ। 

images
images

कम्पनीले ९६ करोड ८२ लाख ३९ हजार ६४६ रुपैयाँमा निर्माण गर्ने प्रतिवद्धतता गरेको छ।  यो परियोजना अन्तर्गत कम्पनीले उक्त केन्द्रको निर्माण तथा सञ्चालन पनि गर्ने छ। 

एसियाली विकास बैंकको ऋण सहातामा अघि बढेको यो परियोजना कुहिने र नकुहिने फोहोरलाई छुट्याएर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिने छ। 

व्यवस्थापन केन्द्रको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अझै स्वीकृत भएको छैन। वन क्षेत्र तथा सार्वजनिक जग्गाको पनि उपयोग हुने यसका लागि संघीय सरकारबाट अनुमति पाउनुपर्ने छ। 

सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरमा बढ्दो फोहोरमैला उत्सर्जनले वातावरणीय प्रदूषण फैलाइरहेको छ। 

यो केन्द्र धनगढीको वडानम्बर ७ स्थित पटेला राष्ट्रिय बन क्षेत्रमा निर्माण हुनेछ। यो आयोजना खुटिया नदीको पश्चिमी क्षेत्रमा निर्माण हुनेछ । प्रस्तावित आयोजना निर्माण कार्य करिब २२ हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ ।

प्रस्तावित एकीकृत फोहोरमैला ब्यबस्थापन केन्द्रले धनगढी उपमहानगरपालिका क्षेत्रभित्र दैनिक उत्सर्जन हुने फोहोरमैलाको ब्यबस्थित ब्यबस्थापन गर्ने छ जस अन्तर्गत फोहोरको संकलन गरि आधुनिक बन्द गाडीमा ढुवानी गर्ने, फोहोरमैला केलाउने, छुट्याउने कुहिने फोहोरको कम्पोस्टिङ, पुनः प्रयोगयोग्य बस्तुको पुनःचक्रीय प्रयोग र बाँकि रहेको बस्तुको तह लगाउने सम्बन्धि कार्य पर्दछन ।

 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०६:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend