बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

काठमाडौं महानगरभित्र ३० वर्गफुटभन्दा बढीको साइनबोर्ड राख्न नपाइने

३० वर्गफुटसम्म राख्दा साइनबोर्डको शुल्क तिर्नुपर्ने

images
मंगलबार, पुस ५ २०७९
images
काठमाडौं महानगरभित्र ३० वर्गफुटभन्दा बढीको साइनबोर्ड राख्न नपाइने

यसरी ३० वर्गफुटसम्मको बोर्ड राख्दा वार्षिक शुल्क महानगरपालिकामा बुझाउनुपर्ने छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै यस्तो शुल्क सार्वजनिक गरेको छ। 

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाभित्र कुनै पनि संस्थाले आफ्नो कार्यालयको परिचय खुलाउने बोर्ड राख्‍ने सीमा निर्धारण भएको छ। 

images
images
images

महानगरपालिकाले ३० वर्गफुटभन्दा बढीको बोर्ड राख्न नपाइने उल्लेख गरेको छ। यदि ३० वर्गफुटभन्दा बढीको बोर्ड भएमा तत्काल हटाउन निर्देशन पनि दिएको छ। 

images
images

यदि सम्बन्धित पक्षले नहटाएमा महानगर आफैले हटाइदिने र त्यसरी हटाउँदा लाग्ने लागत स्वयम् धनीले तिर्नुपर्ने छ। 

images
images

महानगरभित्र बोर्ड नै राख्न नपाइने भने होइन। कुनै पनि कार्यालय तथा व्यवसायीले आफ्नो परिचय खुलाउने बोर्ड राख्न पाउँछन् तर ३० वर्गफुटसम्मको। 

यसरी ३० वर्गफुटसम्मको बोर्ड राख्दा वार्षिक शुल्क महानगरपालिकामा बुझाउनुपर्ने छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै यस्तो शुल्क सार्वजनिक गरेको छ। 

महानगरका अनुसार ६ वर्गफुटसम्मको बोर्ड राख्दा वर्षमा ५०० रुपैयाँ, १५ वर्गफुटसम्म राख्दा १५०० रुपैयाँ र १५ देखि माथि   ३० वर्गफुटसम्म राख्दा प्रतिवर्गफुट एक हजारका दरले शुल्क बुझाउनुपर्छ। यसमा कसैले १६ वर्गफुटको राखेमा वर्षमा १६ हजार र ३० वर्गफुटको राख्दा ३० हजार रुपैयाँ तिर्नुपर्ने छ। 

तर यसरी शुल्क तिर्दा पनि एउटा कार्यालय वा व्यवसायले  एउटा मात्र बोर्ड राख्न पाउने छ। 


प्रकाशित : मंगलबार, पुस ५ २०७९०३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend