बिहीबार , जेठ ८ गते २०८२    
बिहीबार , जेठ ८ २०८२
images
images

पाँच वर्षमा दोबर बढ्यो सेल्सबेरीको आम्दानी, महाराजगञ्जको स्टोर सञ्चालनमा आउँदै 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, पुस ४ २०७९
images
पाँच वर्षमा दोबर बढ्यो सेल्सबेरीको आम्दानी, महाराजगञ्जको स्टोर सञ्चालनमा आउँदै 

कम्पनीको क्रेडिट रेटिङ गर्दै इक्रा नेपालले दीर्घकालीन ऋणका लागि बी माइनस रेटिङ गरेको छ।त्यस्तै छोटो समयका लागि भने ए फोर रेटिङ गरेको छ। यो भनेको उच्च सुरक्षित वित्तीय अवस्थाको चित्रण गर्ने रेटिङमा पर्छ।

images
images

काठमाडौं- चेन रिटेल स्टोरको व्यवसाय सञ्चालन गर्दै आएको सेलवेज क्यास एण्ड क्यारी प्रालिले गएको पाँच वर्षमा आफ्नो आम्दानी दोबर भएको छ। 

images
images
images

ऋण लिनका लागि गराएको रेटिङ प्रतिवेदनमा उल्लेख भए अनुसार यो कम्पनीले गएको पाँच वर्षमा आम्दानी दोबर बढाएको छ। कोरोना महामारीमा पनि आम्दानी वृद्धि नरोकिएको कम्पनीले सन् २०१८ मा १ अर्ब ३ करोड कमाएको थियो। सन् २०२२ मा २ अर्ब २७ करोड आम्दानी हुने प्रक्षेपण गरेको छ। 

images
images

सेलवेज र सेल्सबेरी एक्सप्रेस ब्रान्डबाट चेन डिमापर्टमेन्टल स्टोर तथा मल्टी स्टोर सञ्चालन गर्दै आएको कम्पनीले पछिल्लो समय गरेको विस्तारको परिणामस्वरुप आम्दानीमा वृद्धि भएको हो। 

images
images

कम्पनीले विभिन्न ब्रान्डमा ३२ वटा स्टोर सञ्चालन गरिरहेको छ। काठमाडौं, ललितपुर र पोखरामा गरि कम्पनीले स्टोर सञ्चालन गरिरहेको छ। महाराजगञ्जको मल्टी डिपार्टमेन्ट स्टोर आगामी वर्षदेखि सञ्चालनमा आउने कम्पनीको विश्वास छ।

कम्पनीको क्रेडिट रेटिङ गर्दै इक्रा नेपालले दीर्घकालीन ऋणका लागि बी माइनस रेटिङ गरेको छ।त्यस्तै छोटो समयका लागि भने ए फोर रेटिङ गरेको छ। यो भनेको उच्च सुरक्षित वित्तीय अवस्थाको चित्रण गर्ने रेटिङमा पर्छ।

कुनै पनि संस्थाको व्यवसायले निश्चित समयमा गर्ने आम्दानी, त्यस्तो सेवा सञ्चालन लाग्ने खर्च कटौती गरेर निस्केन रकम कति छ? भन्ने कुराले त्यसको सञ्चालन कत्तिको किफायति छ भन्ने कुरा देखाउँछ। कर, ह्रासकट्टी लगायतका खर्च कटौतीपूर्वको यस्तो नाफामा  कम्पनीको अवस्था खस्किँदो देखिएको छ। गएको वर्ष कम्पनीले यस्तो कूल आम्दानीको ७.८ प्रतिशत सञ्चालन मुनाफा गर्न सफल भएको थियो भने यो वर्ष ६.१ प्रतिशत हुने अनुमान गरिएको छ। महामारीअघिको समयमा यस्तो मार्जिन ८.४ प्रतिशत थियो। 

पछिल्लो समय सहरी क्षेत्रमा डिपार्टमेन्टल तथा मल्टीस्टोरमा खरिद गर्ने उपभोक्ताको संख्या बढ्दै गएको र वस्तुको माग पनि उच्च हुँदा आम्दानी अझै बढ्ने कम्पनीको विश्वलेषण छ। 

 


प्रकाशित : सोमबार, पुस ४ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend