शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सुधार हुँदै बैंकिङ प्रणालीमा तरलता, माघपछि ब्याजदर घट्ला?

images
सोमबार, पुस ४ २०७९
images
सुधार हुँदै बैंकिङ प्रणालीमा तरलता, माघपछि ब्याजदर घट्ला?
images
images

काठमाडौं- पछिल्लो पाँच महिनामा वाणिज्य बैंकहरूको निक्षेप १४६ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स संघका अनुसार मंसिरमा मात्रै बैंकको निक्षेप ५८ अर्बले बढेको हो। 

images
images
images

साउन ६ गतेसम्म ४४ खर्ब ७८ अर्ब रहेको निक्षेप मंसिर २९ सम्म आइपुग्दा ४६ खर्ब २१ अर्ब निक्षेप पुगेको छ। जुन १४६ अर्बले बढी हो।

images
images

कात्तिक मसान्तमा वाणिज्य बैंकहरूको निक्षेप ४५ खर्ब ६३ अर्ब रहेकोमा मंसिर मसान्तमा निक्षेप बढेर ४६ खर्ब २१ अर्ब पुगेको छ।  

images
images

त्यस्तै कात्तिक मसान्तमा बैंकहरूको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा मंसिर मसान्तमा कर्जा प्रवाह २ अर्बले बढेर ४२ खर्ब २४ अर्ब पुगेको छ। त्यस्तै यस अवधिसम्ममा बैंकहरूको औसत सीडी रेसियो ८६.४० प्रतिशत रहेको छ।  

dp.JPG

ऋण प्रवाह भने पाँच महिनमा ५९ अर्ब मात्रै प्रवाह भएको छ। साउन ६ गतेसम्म वाणिज्य बैंकहरूको ऋण प्रवाह ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा मंसिर २९ सम्म ४२ खर्ब २४ अर्ब ऋण प्रवाह पुगेको छ।

रेमिट्यान्समा निरन्तरको वृद्धि तथा आयात मत्थर हुँदा विदेशी मुद्राको सञ्चितिमा पनि सुधार देखिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चार महिनामा रेमिट्यान्स नेपाली रुपैयाँमा २०.४ प्रतिशतले बढेको छ। चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको छ। गत वर्षको यही अवधिमा रेमिट्यान्स ७.३ प्रतिशतले घटेको थियो। बैंकको तरलतामा रेमिट्यान्सले समेत प्रभाव पारेको छ। 

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८५.९४ प्रतिशत रहेको छ। बैंकहरूले ९० प्रतिशतको कर्जा निक्षेप अनुपातसम्म कर्जा दिन सक्ने भएकोले उनीहरूले थप करिब २ खर्ब १३ अर्ब कर्जा दिन सक्ने देखिन्छ। 

समग्र वित्तीय प्रणालीमा ५२ खर्ब ५१ अर्ब निक्षेप पुगेको छ। यता अन्तरबैक ब्याजदर पनि ८.५ प्रतिशतबाट घटेर ६.७१ प्रतिशतमा आएको छ।  सवै तथ्यांक हेर्दा माघपछि ब्याजदर घट्ने बताउँछन पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्री ‘ब्याजदर पुसबाटै घट्ने तथ्यांक छ तर माघबाट केही समस्या थपिएन भने घटाउनै पर्छ,’ क्षेत्रीले भने। 

बैंकहरूको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था रहेको समेत उनको बुझाई छ। अहिलेकै अवस्थामा पनि बैंकहरू ११५ अर्ब ऋण प्रवाह गर्ने अवस्थामा रहेको कुँवरको भनाई छ। 

सरकारले गठन गरेको ‘आर्थिक वित्तीय र मौद्रिक क्षेत्र सुधार सुझाव समितिको प्रतिवेदन, २०७९’ मा बैंकमा देखिएको तरलता व्यावस्थापनका लागि दर्जन सुझाव दिएको थियो। अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका थिए। समितिले बैंकमा देखिएको लगानीयोग्य रकमको जोहो गर्न सुझाव दिएको थियो।

सुझाव कार्यान्वयन भएमा तत्काल आवश्यक देखिएको २ देखि ३ खर्ब रकम बैंकिङ प्रणालीमा आउने दाबीसमेत गरिएको थियो। अहिले विस्तारै सहज हुँदै गएकोले माघपछि ब्याजदर घट्ने अनुमान बैंकरहरूको गरिरहेका छन्। 


प्रकाशित : सोमबार, पुस ४ २०७९०३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend